केशव भन्दा बालेन ११२०४ मतले अगाडी
सारांश
- काठमाडौं, ५ जेठ ।
- काठमाडौं महानगरपालिकाको जारी मतगणना अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ११ हजार २०४ मतान्तरले अग्रता लिइरहेका छन् ।
- पछिल्लो मतपरिणाम अनुसार बालेनले २३ हजार ५८४ मत ल्याएका छन् भने उनलाई पछ्याउँदै एमालेका उम्मेदवार केशव स्थापितले १२ हजार ३८० मत ल्याएका छन् ।
काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाको जारी मतगणना अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ११ हजार २०४ मतान्तरले अग्रता लिइरहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार बालेनले २३ हजार ५८४ मत ल्याएका छन् भने उनलाई पछ्याउँदै एमालेका उम्मेदवार केशव स्थापितले १२ हजार ३८० मत ल्याएका छन् ।
११ हजार ४९९ मत ल्याएर कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् ।
उपमेयरमा एमालेकी सुनिता डंगोलले १९ हजार ९५६ मत ल्याएर अग्रता लिइरहँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मत पाएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया