पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन
सारांश
- पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ।
- ८३ वर्षीय अधिकारीको उपचारको क्रममा शनिबार ह्याम्स अस्पतालमा निधन भएको हो।
- अधिकारीलाई श्वासप्रश्वास र निमोनिया लगायतका समस्या भएपछि तीन हप्ता पहिले ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो।
पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ। ८३ वर्षीय अधिकारीको उपचारको क्रममा शनिबार ह्याम्स अस्पतालमा निधन भएको हो।
अधिकारीलाई श्वासप्रश्वास र निमोनिया लगायतका समस्या भएपछि तीन हप्ता पहिले ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो।
मेडिसिटी अस्पतालमा एक महिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि माघ २४ गते उनलाई ह्याम्स अस्पतालमा सारिएको थियो। अधिकारीलाई १६ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो। तीन दिनदेखि कुनै पनि प्रक्रिया जनाउन सकेका थिएनन्।
२४ घण्टादेखि पिसाब रोकिएको र सबै महत्वपुर्ण अंगले काम गर्न छाडेको भन्दै अस्पतालले शनिबार अपरान्ह पत्रकार सम्मेलन गरेर बचाउन स्वास्थ्य अवस्था गम्भीर रहेको जनाएको थियो।
नेपाल कम्युनिष्ट पार्टीका नेता अधिकारी सन १९३६ मा महोत्तरीको भावरपूर्ण गाउँमा जन्मिएका हुन्। दाजु मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला २०५१ साल पुसमा पहिलोपटक अर्थमन्त्री बनेका अधिकारी चार पटक अर्थमन्त्री भए।
प्रतिक्रिया