आन्दोलनलाई सफल पार्ने भन्दै लैनचौर स्थित भारतीय दुताबास अगाडि धर्ना

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ५, २०७४
|
|
२० पटक हेरिएको
Shares
आन्दोलनलाई सफल पार्ने भन्दै लैनचौर स्थित भारतीय दुताबास अगाडि धर्ना

सारांश

  • काठमाडौं ।
  • दार्जिलिङमा नेपाली भाषा बोल्ने नागरिक माथि भारतीय सरकारले गरेको भाषिक दमन विरुद्ध आज नेपालीहरुले काठमाडौमा विरोध प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
  • ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा, सीमानामा काँडेतार अभियान र नेपाल रक्षा दलको संयुक्त आयोजनामा आज लैनचौर स्थित भारतीय दुताबास अगाडी विरोध प्रदर्शनीको कार्यक्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो ।

काठमाडौं । दार्जिलिङमा नेपाली भाषा बोल्ने नागरिक माथि भारतीय सरकारले गरेको भाषिक दमन विरुद्ध आज नेपालीहरुले काठमाडौमा विरोध प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा, सीमानामा काँडेतार अभियान र नेपाल रक्षा दलको संयुक्त आयोजनामा आज लैनचौर स्थित भारतीय दुताबास अगाडी विरोध प्रदर्शनीको कार्यक्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो ।

उक्त झडपमा नेपाल प्रहरीले आफ्नो सिमाना भन्दा अगाडी प्रदर्शनकारीलाई जान रोक लगाएपछि उनीहरुबीच हात हाला हाल र ढुङगा हाना हान भएको छ । सो झडपबाट अहिलेसम्म कसैलाइै चोट पटक लागेको छैन ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपाल र नेपाली चलचित्र निर्मार्ता, कलाकार समेत रहेका सीमानामा काँडेतार अभियन्ता नवल खड्काले जुन सुकै हालतमा पनि आफ्नो आन्दोलनलाई सफल पार्ने भन्दै लैनचौर स्थित भारतीय दुताबास अगाडि धर्ना गरिरहेका छन ।

दार्जिलिङमा नेपाली भाषा बोल्ने नागरिक माथि भारत सरकारले गरेको दमन विरुद्ध आक्रोशित हुँदै प्रदर्शनकारीहरु दुताबास अगाडि विरोध प्रदर्शन गर्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?