नेपाली क्रिकेटर सन्दीपले बनाए ५० विकेटको रेकर्ड
सारांश
- काठमाडौं ।
- इन्डियन प्रिमियर लिग (आईपीएल) आइतबार भएको पहिलो खेलमा दिल्ली क्यापिटले जितेको छ ।
- आइतबारको खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले दिल्लीको जितमा योगदान गरे ।
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) आइतबार भएको पहिलो खेलमा दिल्ली क्यापिटले जितेको छ ।
आइतबारको खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले दिल्लीको जितमा योगदान गरे । लामिछानेले टीट्वेन्टी क्रिकेटमा ५० विकेट पूरा गरेका छन्। भारतमा जारी १२औं आईपीएलमा आइतबार रोयल च्यालेन्जर्स बैंग्लोरका मोइन अलीको विकेट लिँदै सन्दीपले ५० विकेट पूरा गरेका हुन्।
टस जितेर फिल्ड रोजेको दिल्लीले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चार विकेटले जितेको हो । १५० रनको लक्ष्य पछ्याएको दिल्लीले ७ बाँकी हुँदा जित दर्ता गरेको हो। पहिलो ब्याटिङ गरेको बैंग्लोरले ८ विकेट क्षतिमा १४९ रन बनाएको थियो।
अलीलाई विकेट किपर ऋषव पन्तबाट स्टपम्पिङ गराउँदै सन्दीपले टीट्वेन्टीमा ५० विकेट पूरा गरेका हुन्। बैंग्लोरविरुद्ध चार ओभर बलिङ गर्दै सन्दीपले ४६ रन खर्चेर एक विकेट लिए।
प्रतिक्रिया