राज्य सञ्चालनको लागि कडा सरकारको आवश्यक : नेता नेपाल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ४, २०७४
|
|
१८ पटक हेरिएको
Shares
राज्य सञ्चालनको लागि कडा सरकारको आवश्यक : नेता नेपाल

सारांश

  • काठमाडौँ, फागुन ४ ।
  • नेकपा एमालेका नेता माधवकुमार नेपालले राज्य सञ्चालनको लागि कडा सरकारको आवश्यक रहेको बताएका छन् ।
  • पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको भोलिपल्टै नेता नेपालले सेटिङबाट भन्दा पनि कडा तबरले राज्य सञ्चालन हुनुपर्ने बताएका हुन् ।

काठमाडौँ, फागुन ४ । नेकपा एमालेका नेता माधवकुमार नेपालले राज्य सञ्चालनको लागि कडा सरकारको आवश्यक रहेको बताएका छन् । पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको भोलिपल्टै नेता नेपालले सेटिङबाट भन्दा पनि कडा तबरले राज्य सञ्चालन हुनुपर्ने बताएका हुन् ।

राज्य सञ्चालन गर्न तलदेखि माथिल्लो तहसम्म सेटिङ मिलाउने र दोषीलाई छाड्ने प्रवृति रहेको भन्दै नेता नेपालले यस्तो प्रवृति तत्काल रोक्नुपर्ने बताएका थिए । उनले बामगठबन्धनको नयाँ सरकारले यस्ता प्रवृतिलाई रोक्ने विश्वास लागेको बताए ।

प्वाइन्ट मिडिया प्रालिको छैठौँ वार्षिकोत्सव समारोहमा उनले वामपन्थी नेतृत्वको नयाँ सरकारले देशमा छिट्टै आर्थिक विकासका लागि पूर्वाधार निर्माणमा जोड दिइने समेत बताए ।

उनले अब नेपालमा राजनीतिक अस्थिरता सदाका लागि अन्त्य गर्नुपर्ने र हाम्रो सामूहिक प्रयास देश विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए । नेता नेपालले मुलुकमा समृद्धिको ढोका खोल्न सरकारले पूर्वाधार निर्माणका क्षेत्रमा नीतिगत निर्णय लिने बताए ।

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले देशको विकासका लागि अर्थतन्त्रको ठूलो हिस्सा पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने उल्लेख गर्दै वामपन्थी नेतृत्वको नयाँ सरकारले विपक्षी दललाई भेदभाव गरिएमा मुलुकमा विकास सम्भव नहुने बताए ।

अब नेपालमा स्थिर तथा कानूनी राज्यको शासन हुनुपर्नेमा जोड दिदैं उनले क्षमता र योग्यताका आधारमा उद्योग व्यवसायीलाई प्रोत्साहन दिनुपर्ने बताए ।

प्वाइन्ट मिडिया प्रालिका अध्यक्ष नवीन काफ्लेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महतले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत, मेगा बैंककी डा.रविना देशराज श्रेष्ठलाई अर्थ र व्यापार बैंकिङ अवार्ड–२०७४ ले सम्मानित गरिएको थियो ।

त्यस्तै अर्थ र व्यापार बिजनेस ईन्नोभेसन अवार्ड–२०७४ बाट राजन सिंखडा, अर्थ र व्यापार पर्यटन अवार्ड–२०७४ बाट ऋषि प्रसाद नेपाल, अर्थ र व्यापार अवार्ड–२०७४ बाट शिवहरि रिजाल, अर्थ र व्यापार युवा उद्यमी अवार्ड–२०७४ बाट सुदर्शन नेपाल र अर्थ र व्यापार पत्रकारिता अवार्ड–२०७४ बाट शिव अधिकारी सम्मानित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?