जिग्री र पाण्डेविरुद्ध प्रहरीमा उजुरी

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ३, २०७६
|
|
२८ पटक हेरिएको
Shares
जिग्री र पाण्डेविरुद्ध प्रहरीमा उजुरी

सारांश

  • जिग्री र पांडे बिरुद्द मिडिया हबले प्रहरीमा उजुरी हालेको छ ।
  • ‘भद्रगोल’ सिरियलमा प्रयोग हुँदै गरेको क्यारेक्टर लाइ अर्को सिरियल ‘सक्की गो नि’ मा प्रयोग गरेकोमा आपत्ति जनाउदै उजुरी हालेको हो ।
  • हाँस्य टेली सिरियल भद्रगोललाइ असर गरेको भन्दै मिडिया हबले ‘जेपिटी क्रियसन’ लाई प्रमुख विपक्षी बनाएको छ भने नेपाल टेलिभिजन र कि एड्भरटाइजिङलाई पनि मुछेको छ ।

जिग्री र पांडे बिरुद्द मिडिया हबले प्रहरीमा उजुरी हालेको छ । ‘भद्रगोल’ सिरियलमा प्रयोग हुँदै गरेको क्यारेक्टर लाइ अर्को सिरियल ‘सक्की गो नि’ मा प्रयोग गरेकोमा आपत्ति जनाउदै उजुरी हालेको हो । हाँस्य टेली सिरियल भद्रगोललाइ असर गरेको भन्दै मिडिया हबले ‘जेपिटी क्रियसन’ लाई प्रमुख विपक्षी बनाएको छ भने नेपाल टेलिभिजन र कि एड्भरटाइजिङलाई पनि मुछेको छ । यस विषयमा छलफल गर्न प्रहरीले अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको समूहलाई बोलाएको छ ।

मिडिया हबका प्रमुख सोमप्रसाद धितालले आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का चरित्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गर्दा आफूहरुलाई अप्ठेरो परेकोले उजुरी गरेको बताए । ‘जिग्री, पाँडे, बले कक्रोच, सितेबा जस्ता दर्जनौं, क्यारेक्टरहरु मिडिया हबका उत्पादन हुन्, तिनीहरुलाई स्थापित गराउन मिडिया हबले लगानी गरेको धितालको दाबी छ ।

यसअघि भद्रगोलमा काम गरिरहेको जिग्री(पाँडेको समूहले ‘सक्किगोनी’ निर्माण गर्न थालेको हो । यसको कथानक पृष्ठभूमि र पात्रहरु भद्रगोलबाटै सारिएका छन् । उता मिडिया हबले पनि नेपाल टेलिभिजनबाट भद्रगोलको प्रशारण जारी राखेको छ । नयाँ टिमले बनाइरहेको भद्रगोलमा पुराना पात्रहरु छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?