नेविसंघको नयाँ नारा, “माफियाविरुद्ध नबोलौं अरिङ्गालले टोक्ला”

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
३२ पटक हेरिएको
Shares
नेविसंघको नयाँ नारा, “माफियाविरुद्ध नबोलौं अरिङ्गालले टोक्ला”

सारांश

  • काठमाडौं, १ असोज ।
  • बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन भन्दै नेपाल विद्यार्थी संघले सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
  • सरकारले पीडितलाई न्याय दिन नसकेको र बलात्कारीको संरक्षण गरेको भन्दै केन्द्रीय समितिको आयोजनामा नेविसंघले सरकारविरुद्ध नाराबाजीसमेत गरेको थियो ।

काठमाडौं, १ असोज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन भन्दै नेपाल विद्यार्थी संघले सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

सरकारले पीडितलाई न्याय दिन नसकेको र बलात्कारीको संरक्षण गरेको भन्दै केन्द्रीय समितिको आयोजनामा नेविसंघले सरकारविरुद्ध नाराबाजीसमेत गरेको थियो ।

“बलात्कारीलाई संरक्षण किन ?”, भन्दै सरकारविरूद्ध प्रदर्शनमा उत्रिएको नेविसंघले “बलात्कारी, हत्यारा, माफियाविरुद्ध नबोलौं अरिङ्गालले टोक्ला !” भन्दै सरकारप्रति व्यंग्यसमेत गरेको छ ।

केही दिनअघि एक कार्यक्रममा सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बिरोध गर्नेहरूप्रति अरिङ्गाल जस्तै बनेर प्रतिवाद गर्न निर्देशन दिएका थिए । त्यसपछि अरिङ्गालको विषय सदन र सडक जताततै चर्चामा आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?