डिसहोमको एक्सन स्पोट्र्स च्यानलमा पोखराबाट आरडब्लु महासंग्रामको लाइभ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १०, २०७४
|
|
१९ पटक हेरिएको
Shares
डिसहोमको एक्सन स्पोट्र्स च्यानलमा पोखराबाट आरडब्लु महासंग्रामको लाइभ

सारांश

  • काठमाडौं, १० फागुन ।
  • डिसहोम एक्सन स्पोट्र्स च्यानल नं.
  • १०५ ले पोखरामा हुने “आर डब्लु संग्राम” नामक रिङ रेस्लिङ प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

काठमाडौं, १० फागुन । डिसहोम एक्सन स्पोट्र्स च्यानल नं. १०५ ले पोखरामा हुने “आर डब्लु संग्राम” नामक रिङ रेस्लिङ प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । यही फागुन १८ गते हुने उक्त प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघ तथा डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य र डबल एस प्रालिको व्यवस्थापनमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजकत्वमा हुन लागेको हो ।

विभिन्न खेलकुदसम्बन्धी कार्यक्रम तथा प्रत्यक्ष प्रसारण गर्दै आएको सोही च्यानलले यसपटक पनि प्रत्यक्ष प्रसारण गरी आफ्ना दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिने कुरा डिसहोमले जनाएको छ । डिसहोमले केही महिनाअघि काठमाडौंमा भएको रिङ रेस्लिङको प्रत्यक्ष प्रसारण गरेको थियो ।

प्रतियोगितामा नेपालका उत्कृष्ट रेस्लरसँगै विदेशी रेस्लरहरुको समेत सहभागिता रहने बताइएको छ । पोखरा रंगशालामा आयोजना हुने उक्त प्रतियोगितामा ४ देशका रेस्लरहरुको सहभागिता रहने छ । प्रतियोगितामा नेपालको तर्पmबाट नुवाकोटे टाइगर, ठाकु, डभिड, साइन, ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी अमेरीकाको प्रो रेस्लर गेमर, भारतका मास्कम्यान, ड्यानी, आरडीएक्स, ज्याक्स र नोलले प्रतियोगितामा सहभागिता जनाउने छन् । महिला रेस्लरहरु पनि प्रतियोगिताको आकषर्णको रुपमा रहने छन् । प्रतियोगितामा सहभागिता जनाउने महिला रेस्लरहरुमा नेपालकी दिलाशा र रुसकी मेफिस्तोका रहेका छन् । यसअघि Dish Home Action Sport Channel मा नवौँ सिमरा गोल्डकप र सोह्रौं आहा गोल्ड कपको पनि प्रत्यक्ष प्रसारण गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?