नारायणगढ मुग्लिन सडक दिउँसो ६ घण्टा बन्द

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
२६ पटक हेरिएको
Shares
नारायणगढ मुग्लिन सडक दिउँसो ६ घण्टा बन्द

सारांश

  • चितवन, माघ ५ ।
  • निर्माणाधीन नारायणगढ मुग्लिन सडक खण्ड माघ १३ गतेदेखि दिउँसोमा पनि ५ घण्टा बन्द गरिने भएको छ ।
  • जिल्ला प्रशासन कार्यालयमा बसेको ठेकेदारका प्रतिनिधि, आयोजनाका अधिकारीसहितको बैठकले माघ १३ देखि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

चितवन, माघ ५ । निर्माणाधीन नारायणगढ मुग्लिन सडक खण्ड माघ १३ गतेदेखि दिउँसोमा पनि ५ घण्टा बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको ठेकेदारका प्रतिनिधि, आयोजनाका अधिकारीसहितको बैठकले माघ १३ देखि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

अहिले सो सडकखण्ड राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको छ । रातिमा सडक बन्द गर्दा धेरै काम गर्न नसकिएकाले दिउँसोमा बन्द गर्न लागिएको हो । ‘रातिमा बन्द गरेर काम गर्दा प्रगति हात लाग्न सकेन,’ सुप्रिम रौताहा निर्माण कम्पनीमा कन्ट्याक्ट म्यानेजर शिशिर कन्दङ्वाले भने, ‘काम गर्न निकै असहज भयो ।’

ठेकेदारसँग आयोजनाको सम्झौता अवधि सकिन जम्मा १ महिना मात्रै बाँकी हुँदा काम भने २९ प्रतिशत बाँकी नै छ । हालसम्म ९२ प्रतिशत काम सकिनुपर्नेमा जम्मा ७१.१ प्रतिशत मात्रैं काम सकिएको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?