सिरहामा मतदाता शिक्षा शुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २६, २०७४
|
|
२७ पटक हेरिएको
Shares
सिरहामा मतदाता शिक्षा शुरु

सारांश

  • लहान–आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सिरहामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ।
  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत बदरको संख्या कमी ल्याउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय सिरहाले मतदाता शिक्षा कार्यक्रमका लागि जिल्लामा खटिने मतदाता शिक्षा स्वयंसेवकलाई तालीम दिन शुरु गरेको छ।
  • सिरहाका ४३६ वटै मतदान केन्द्रमा खटिने मतदाता शिक्षा स्वंयसेवक समूहमा विभाजन गरी तालिम दिन शुरु गरिएको जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दिरा यादवले जानकारी दिए।

लहान–आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सिरहामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत बदरको संख्या कमी ल्याउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय सिरहाले मतदाता शिक्षा कार्यक्रमका लागि जिल्लामा खटिने मतदाता शिक्षा स्वयंसेवकलाई तालीम दिन शुरु गरेको छ।

सिरहाका ४३६ वटै मतदान केन्द्रमा खटिने मतदाता शिक्षा स्वंयसेवक समूहमा विभाजन गरी तालिम दिन शुरु गरिएको जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दिरा यादवले जानकारी दिए।

निर्वाचन आयोगबाट नमूना मतपत्रलगायतका मतदाता शिक्षा सामग्री आइसकेकाले तालिम लगत्तै गाउँगाउँमा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने प्रमुख यादवले बताए।

निर्वाचनसम्बन्धी उठ्ने जिज्ञासा र अस्पष्टतालाई समाधान गर्दै मतदातालाई निर्वाचनप्रति उत्प्रेरणा जगाउने गतिविधि सञ्चालनका लागि निर्वाचन आयोगलगायत विभिन्न संघसंस्थाले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरेको छ।

मतदाता शिक्षा कार्यक्रममा निर्वाचनमा सहभागी हुन र मतदान गर्न जान प्रोत्साहन गर्ने, मतदाताले निर्वाचनसम्बन्धी राखेका जिज्ञासा र अस्पष्टतालाई स्पष्ट बनाउने, मतको महत्व बुझाएर मतदान गर्न सल्लाह दिने, निर्वाचन प्रणाली र सरकार गठनसम्बन्धी व्यवस्थाबारे स्पष्ट बनाउने, हरेक दलका घोषणापत्र हेर्न आग्रह गर्ने, मताधिकार प्रयोगको गोप्यताका बारेमा आश्वस्त पार्नेलगायतका विषयमा जानकारी दिइने गरिन्छ।

यसैगरी समग्र विकास सेवा केन्द्रले पनि सिरहा र सप्तरीसहितका जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ।

युएसएडको सहयोगमा समग्र विकास सेवा केन्द्रले सिरहा र सप्तरीमा मतदाता शिक्षामा खटिने मतदाता शिक्षा स्वयंसेवकलाई दुई दिने तालीम दिएर गाउँगाउँमा खटाइएको छ।

निर्वाचनप्रति मतदातालाई सचेत र जागरुक बनाउने उद्देश्यका साथ सिरहाको लहान नगरपालिका, मिर्चैया नगरपालिका र कर्जन्हा नगरपालिकालगायत विभिन्न स्थानीय तहमा मतदाता शिक्षाका लागि मतदाता शिक्षा स्वयंसेवक खटाइएको समग्र विकास सेवा केन्द्रका पूर्वाञ्चल संयोजक दुर्गाप्रसाद महतोले जानकारी दिए। उनका अनुसार सप्तरीमा पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि मतदाता शिक्षा स्वयंसेवकलाई तालीम दिन शुरु गरिएको छ।

सप्तरीको शम्भुनाथ नगरपालिकास्थित नगर सभाहलमा शुरु गरेको मतदाता शिक्षा स्वयंसेवकको दुईदिने तालीममा २५ जनाको सहभागिता रहेको समग्र विकास केन्द्र सप्तरीका संयोजक अरुणकुमार चौधरीले जानकारी दिए।

यसका साथै मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सिरहा र सप्तरीका विभिन्न स्थानमा नमूना मतदान र सडक नाटकसमेत गरिने संयोजक महतोको भनाइ छ।

प्रतिनिधिसभाको चार र प्रदेशसभाका लागि आठ निर्वाचन क्षेत्र रहेको सिरहामा कूल तीन लाख ४४ हजार ३७० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय जनता पार्टीका लागि रेशम चौधरी देखाउने दाँत !
राष्ट्रिय जनता पार्टीका लागि रेशम चौधरी देखाउने दाँत !
अधिनायकवाद आउँछ भनेर केही मान्छेहरुले नयाँ थेगो बनाए : प्रधानमन्त्री ओली
अधिनायकवाद आउँछ भनेर केही मान्छेहरुले नयाँ थेगो बनाए : प्रधानमन्त्री ओली
समानुपातिकको परिणाम तत्काल सार्वजनिक नगर्न आयोगलाई कांग्रेसको चेतावनी
समानुपातिकको परिणाम तत्काल सार्वजनिक नगर्न आयोगलाई कांग्रेसको चेतावनी
पर्यटकीयस्थल तिम्बुपोखरी जाने मौसम शुरु
पर्यटकीयस्थल तिम्बुपोखरी जाने मौसम शुरु
चित्रबहादुर केसीको खुलासाः मोदी प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैछन्
चित्रबहादुर केसीको खुलासाः मोदी प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैछन्
आइजिपी खनालसहित प्रहरी उच्च अधिकारीको टोली कञ्चनपुरमा
आइजिपी खनालसहित प्रहरी उच्च अधिकारीको टोली कञ्चनपुरमा
कोशीमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक भएको गठबन्धनकाे निष्कर्ष
कोशीमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक भएको गठबन्धनकाे निष्कर्ष
निर्मला प्रकरण  : प्रमाणको सुरक्षा गर्नुपर्नेले यसरी हत्तपत्त मेटाएपछि…
निर्मला प्रकरण : प्रमाणको सुरक्षा गर्नुपर्नेले यसरी हत्तपत्त मेटाएपछि…
ओलीलाई पेलेरै जाने दाहाल–नेपालको तयारी, धुम्बाराहीमा आज ४ बजे भेला हुँदै
आकास एयरद्वारा बोइङका १५० विमान माग
आकास एयरद्वारा बोइङका १५० विमान माग

तपाईंले छुटाउनुभयो कि?