पछिल्लो नौ महिनामा पुनःनिर्माणले लियो गति !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ५, २०७४
|
|
३८ पटक हेरिएको
Shares
पछिल्लो नौ महिनामा पुनःनिर्माणले लियो गति !

सारांश

  • काठमाडौँ, ५ कात्तिक : पछिल्लो नौ महिनामा निजी आवास पुनःनिर्माणतर्फ बन्दै गरेका र बनिसकेका घरको संख्या एक लाख ८० हजार पुगेको छ ।
  • राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पुनरावलोकन प्रतिवेदनअनुसार पछिल्लोे नौ महिनामा एक लाख ३० हजार २७३ लाभग्राहीको घर निर्माणाधीन अवस्थामा छ ।
  • ५० हजार २१७ घर बनिसकेका छन् ।

काठमाडौँ, ५ कात्तिक : पछिल्लो नौ महिनामा निजी आवास पुनःनिर्माणतर्फ बन्दै गरेका र बनिसकेका घरको संख्या एक लाख ८० हजार पुगेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पुनरावलोकन प्रतिवेदनअनुसार पछिल्लोे नौ महिनामा एक लाख ३० हजार २७३ लाभग्राहीको घर निर्माणाधीन अवस्थामा छ । ५० हजार २१७ घर बनिसकेका छन् ।

गत वर्ष पुस मसान्तसम्म जम्मा निर्माणाधीन घरको संख्या १७ हजार ९९ थियो भने निर्माण सम्पन्न घरको संख्या ११ हजार ८७१ मात्र भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले बताउनुभयो ।

प्राधिकरण निर्देशक समितिको बैठकले निजी आवास अनुदानका लागि समयसीमा निर्धारण गरेकाले घर बनाउनेको संख्या उल्लेख्य वृद्धि भएको हो । प्राधिकरणले अनुदान सम्झौता गरिसकेका सबै लाभग्राहीले निजी आवास पुनःनिर्माणका लागि आगामी असार मसान्तसम्म सबै किस्ता लिइसक्नुपर्ने नयाँ व्यवस्था लागू गरेको छ ।

विभिन्न निकायबाट प्राप्त भएका करिब दुई लाख पाँच हजार बढी गुनासोलाई फछ्र्याैट गरी ४० हजार ९६७ घर धुरीलाई लाभग्राहीमा समावेश गरिएको छ । पुनःनिर्माण तथा अनुदान वितरणसम्बन्धी विगतका अव्यावहारिक प्रावधान र मापदण्डलाई व्यावहारिक बनाउन कार्यविधि संशोधन गरिएकाले पनि निजी आवास पुनःनिर्माणले तुलनात्मकरुपमा गति लिएको प्राधिकरणको भनाइ छ ।

यस्तै मापदण्डअनुसार नबनेका घरलाई मापदण्ड पु¥याई अनुदान लिनका लागि अपवाद तथा सुधार पुस्तिका तयार गरी प्राविधिकलाई तालीम दिई समस्या समाधान गर्न जिल्ला पठाइएकाले पनि अनुदानबाट बञ्चित भएका लाभग्राहीले दोस्रो र तेस्रो किस्ताको रकम पाएका छन् ।

हालै मात्र प्राधिकरणको प्रस्तावबमोजिम सरकारले भूकम्प प्रभावित क्षेत्रमा बन्दै गरेको घरसमेत धितो राखेर रु तीन लाख निव्र्याजी ऋण दिने व्यवस्थाले पनि पुनःनिर्माणलाई थप गति दिनेछ ।

“समग्र पुनःनिर्माणको अवस्थालाई हेर्दा केही ढिलाइ भएजस्तो देखिएपनि पछिल्लो नौ महिनाको बढ्दो अनुपातलाई हेर्दा निराश हुने अवस्था छैन, निजी आवास पुनःनिर्माणले गति लिएको तथ्यांकले नै पुष्टि गर्छ”– उहाँले भन्नुभयो ।

इन्डोनेशियामा पुनःनिर्माण शुरु भएदेखि स्थायी संरचना निर्माण सम्पन्न हुन आठ वर्ष र पाकिस्तानमा पाँच वर्ष लागेको थियो । भारतको गुजारतसँग तुलना गर्दा नेपालमा पनि केही ढिलाइ भए पनि अझै स्रोत साधनको उपलब्धता र सरोकार भएका निकायबीच समन्वय भए तोकिएकै समयमा पुनःनिर्माण सम्पन्न हुने प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताउनुभयो ।

प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लामा असोज मसान्तसम्म ८५ हजार बढी घरधुरीले दोस्रो किस्ता बुझेका छन्् । एक लाख छ हजार बढी लाभग्राहीले दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएका छन् । करिब ९७ हजार लाभग्राहीलाई दोस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएको छ ।

चाडपर्वका कारण इञ्जिनियर निर्माणस्थलमा नभएको र कतिपय ठाउँमा प्राविधिक जनशक्ति अपुग भएकाले प्राधिकरणको सूचना प्रणालीमा तथ्यांक समावेश हुन नसकेको इञ्जिनियर प्रवीण आचार्यले बताउनुभयो ।

“बनिसकेका र बन्दै गरेका घरको तथ्यांक सूचना प्रणालीमा अद्यावधिक शुरु भए यो संख्या थप बढ्नेछ, पुस मसान्तसम्म तीन लाख ५० हजार घर बन्ने हाम्रो अनुमान छ”– उहाँले भन्नुभयो ।

शैक्षिक क्षेत्रको पुनःनिर्माणमा उल्लेख्य प्रगति

नौ महिनाअघि २०० शैक्षिक संस्था निर्माण सम्पन्न भएकामा हाल यो संख्या दुई हजार ४५६ पुगेको छ । निर्माणाधीन शैक्षिक संस्थाको संख्या भने एक हजार २८६ छ ।

शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख इमनारायण श्रेष्ठ भूकम्पबाट क्षतिग्रस्त आठ हजार ९२३ शैक्षिक संस्थामध्ये अहिलेसम्म चार हजार ३८१ शैक्षिक संस्था निर्माणाधीन र निर्माण सम्पन्नको अवस्थामा पुगेको बताउनुहुन्छ ।

यसैगरी स्वास्थ्य संस्था, सरकारी भवन र खानेपानी पूर्वाधारलगायतको क्षेत्रले पनि पछिल्लो नौ महिनामा गति लिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजका दैनिक पत्रपत्रिकाले सरकारको राजनीतिक नियुक्ति खारेजलाई दिए प्राथमिकता
आजका दैनिक पत्रपत्रिकाले सरकारको राजनीतिक नियुक्ति खारेजलाई दिए प्राथमिकता
सरकारलाइ सबैपक्षसंग परामर्श गरेर मात्र बजेट निर्माण गर्न सुझाब
सरकारलाइ सबैपक्षसंग परामर्श गरेर मात्र बजेट निर्माण गर्न सुझाब
कोरोना रोकथाम र नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्दै युवा संघ, अध्यक्ष पौडेलद्वारा ८ बुँदे निर्देशन
कोरोना रोकथाम र नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्दै युवा संघ, अध्यक्ष पौडेलद्वारा ८ बुँदे निर्देशन
दिगो विकास लक्ष्य हासिल गर्न अविकसित मुलुकलाई ठूलो चुनौती हाे : अर्थमन्त्री डा महत
दिगो विकास लक्ष्य हासिल गर्न अविकसित मुलुकलाई ठूलो चुनौती हाे : अर्थमन्त्री डा महत
भेनेजुएलाका राष्ट्रपतिका छोरा ४ मन्त्री सहित किन नेपाल आए ?
भेनेजुएलाका राष्ट्रपतिका छोरा ४ मन्त्री सहित किन नेपाल आए ?
नेपाली कामदार लिन मलेसियाका मानव संशाधन मन्त्री नेपाल अाउँदै
नेपाली कामदार लिन मलेसियाका मानव संशाधन मन्त्री नेपाल अाउँदै
फेरि घट्यो पेट्रोल र डिजेल/मट्टीतेलको भाउ
फेरि घट्यो पेट्रोल र डिजेल/मट्टीतेलको भाउ
राष्ट्रपतिबाट नवनियुक्त मन्त्रीलाई शपथ
राष्ट्रपतिबाट नवनियुक्त मन्त्रीलाई शपथ
दशैको मुखमा चामलको मूल्य बढयो
दशैको मुखमा चामलको मूल्य बढयो
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन केन्द्र देखि प्रदेशसम्म प्याकेजमै सहमतिको प्रयास
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन केन्द्र देखि प्रदेशसम्म प्याकेजमै सहमतिको प्रयास