बेपत्ता युवक खोज्न आज सेतीको बाँध खोलिँदै
सारांश
- काठमाण्डौं।
- पोखरामा बेपत्ता एक युवकको खोजीका लागि आज सेती नदीको बाँध खोलिन लागेको छ।
- तनहुँ घर भइ पोखरा लामाचौर बस्दै आएका १९ वर्षीय सङ्गम मिश्र गएको सोमवारदेखि सम्पर्कविहीन रहेका र सेतीमा हाम फालेको आशङ्कामा आज नदीको बाँध खोल्न लागिएको हो।
काठमाण्डौं। पोखरामा बेपत्ता एक युवकको खोजीका लागि आज सेती नदीको बाँध खोलिन लागेको छ।
तनहुँ घर भइ पोखरा लामाचौर बस्दै आएका १९ वर्षीय सङ्गम मिश्र गएको सोमवारदेखि सम्पर्कविहीन रहेका र सेतीमा हाम फालेको आशङ्कामा आज नदीको बाँध खोल्न लागिएको हो।
बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा भर्ना भएका मिश्र त्यहीँबाट सम्पर्कविहीन भएका प्रहरीको भनाइ छ।
पोखरा–१६, दीपमा बनेको ड्याम आज दिउँसो १२ बजेदेखि ४ बजेसम्म खोलिने हुँदा सेती नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी आसपास रहने र काम गर्नेलाई सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया