अवको अभियान संमृद्ध नेपाल निर्माण : श्रमराज्य मन्त्री चौधरी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
२२ पटक हेरिएको
Shares
अवको अभियान संमृद्ध नेपाल निर्माण : श्रमराज्य मन्त्री चौधरी

सारांश

  • दाङ, १ मंसिर  : श्रमराज्यमन्त्री डिल्लीबहादुर चौधरीले अवको अभियान संवृद्ध नेपाल निर्माण भएको बताउनुभएको छ ।
  • नेपाली काँग्रेसले आज तुलसीपुर–४ मा आयोजना गरेको कार्यक्रममा अव देशमा आर्थिक संमृद्धी आवश्यक भएकाले नेपालमै कल कारखाना तथा उद्योग स्थापना गरी युवालाई स्वदेशमै रोजगार सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
  • ‘‘अव युवाले खाडी मुलुकमा पसिना बगाउने होइन, नेपालको माटोमै पसिना बगाउने वातावरण निर्माण गर्नुपर्छ मन्त्री चौधरीले भन्नुभयो ।

दाङ, १ मंसिर  : श्रमराज्यमन्त्री डिल्लीबहादुर चौधरीले अवको अभियान संवृद्ध नेपाल निर्माण भएको बताउनुभएको छ । नेपाली काँग्रेसले आज तुलसीपुर–४ मा आयोजना गरेको कार्यक्रममा अव देशमा आर्थिक संमृद्धी आवश्यक भएकाले नेपालमै कल कारखाना तथा उद्योग स्थापना गरी युवालाई स्वदेशमै रोजगार सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘‘अव युवाले खाडी मुलुकमा पसिना बगाउने होइन, नेपालको माटोमै पसिना बगाउने वातावरण निर्माण गर्नुपर्छ मन्त्री चौधरीले भन्नुभयो ।’’

नेपाली काँग्रेस दाङ क्षेत्र नं ३ (क) प्रदेशसभा सदस्यको उम्मेदवार समेत बन्नुभएका चौधरीले देशको विकाश र निकाशका लागि लोकतान्त्रिक शक्तिलाई जिताउन आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो – “हामीले गरेका बाचा पूरा गरेका छौँ, अघिल्लो निर्वाचनमा मैले जनतासँग संविधान निर्माणका लागि भोट मागेका थियौँ त्यो आयो अव विकासका लागि मतदान गरी काँग्रेसलाई विजयी गराउन तपाईहरूसँग आग्रह गर्दछु ।”

उहाँले जनतासँग गरेको विकास र निर्माण सम्बन्धी बाचा पनि पूरा गरेको बताउनुभयो । नेपाली काँग्रेसले जनतासँग कहिल्यै झुट नबोल्ने भन्दै प्रजातान्त्रिक व्यवस्थामा मात्र सबैका हकअधिकार स्थापना हुने भएकाले नेपाली काँग्रेसलाई विजयी गराउन उहाँको आग्रह थियो ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?