आमाछोरी एउटै पदमा भिड्दै,आफन्त र भोटरहरु अन्योलमै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ६, २०७४
|
|
२० पटक हेरिएको
Shares
आमाछोरी एउटै पदमा भिड्दै,आफन्त र भोटरहरु अन्योलमै

सारांश

  • ६ असार, काठमाडौं ।
  • स्थानीय तहको निर्वाचनका लागि खोटाङमा फरक पार्टीबाट एउटै पदमा आमाछोरी चुनावी मैदानमा उत्रिएका छन् ।
  • बराहपोखरी गाउँपालिका–३ साउनेचौरमा दलि महिला सदस्य पदमा आमा मनमाया बिक र छोरी अनिता विकले मनोनयन दर्ता गराएका छन् ।

६ असार, काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि खोटाङमा फरक पार्टीबाट एउटै पदमा आमाछोरी चुनावी मैदानमा उत्रिएका छन् ।

बराहपोखरी गाउँपालिका–३ साउनेचौरमा दलि महिला सदस्य पदमा आमा मनमाया बिक र छोरी अनिता विकले मनोनयन दर्ता गराएका छन् । साविकको साउनेचौर–५ की आमा मनमायाले नेपाली कांग्रेस र छोरी अनितालाई नेकपा माओवादी केन्द्रले वडा सदस्यमा टिकट दिएको छ ।

अनिताको विवाहपछि पुगेको घर परिवार माओवादी समर्थक रहेका कारण उनलाई परिवारले माओवादी केन्द्रका तर्फबाट दलित महिला सदस्य पदमा उठाएको हो । टिकट पाएका आमाछोरी अहिले आफ्नो जितका लागि चुनावी प्रचार प्रसारमा व्यस्त छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?