हरियो चिया पत्ती उत्पादनमा कमी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ४, २०७५
|
|
१९ पटक हेरिएको
Shares
हरियो चिया पत्ती उत्पादनमा कमी

सारांश

  • पशुपतिनगर, इलाम, ४ असोज ।
  • पछिल्लो समय हरियो चिया पत्ती उत्पादनमा कमी आएको छ ।
  • उत्पादन कम हुँदा चिया प्रशोधन गर्ने कारखानालाई सधैँ हरियो पत्तीको अभाव हुने गरेको छ ।

पशुपतिनगर, इलाम, ४ असोज । पछिल्लो समय हरियो चिया पत्ती उत्पादनमा कमी आएको छ । उत्पादन कम हुँदा चिया प्रशोधन गर्ने कारखानालाई सधैँ हरियो पत्तीको अभाव हुने गरेको छ ।केन्द्रीय तथ्याङ्क विभाग र चिया तथा कफी विकास बोर्डले गरेको सर्वेक्षण अनुसार नेपालमा चिया प्रशोधन गर्न ११३ उद्योग सञ्चालनमा छन् । चिया प्रशोधन उद्योगको वार्षिक तयारी चिया उत्पादन क्षमता पाँच करोड २१ लाख किलो रहेको छ । एक सय १३ उद्योगले वार्षिक एक करोड ८९ हजार ५८ हजार किलो हरियो चिया पत्ती उत्पादन गर्दै आएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्री कार्कीले बताउनुभयो ।

चिया कारखानाको उपयोग ३६ दशमलव ४ प्रतिशत मात्र रहेको छ । आव २०७४÷७५ मा केन्द्रीय तथ्याङ्क विभागले सङ्कलन गरेको तथ्याङ्कअनुसार पछिल्लो समय उद्योगको संस्था बढ्दै गए पनि चिया खेती विस्तारमा कमी आएको छ । “उद्योग धेरै खुले, हरियो चिया पत्ती तिनै उद्योगमा बाँडिन्छ,” कार्कीले भन्नुभयो । उद्योगको वार्षिक क्षमताभन्दा ६४ दशमलव ४ प्रतिशत कम तयारी चिया उत्पादन हुँदै आएको चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम बताउनुहुन्छ ।“पछिल्लो समय चिया खेती विस्तारभन्दा उद्योग विस्तारको क्रम बढेको छ,” उहाँले भन्नुभयो । चौध जिल्लामा विस्तार भएको चिया खेतीमध्ये पहाडी जिल्लामा अर्थोडक्स र तराईमा सिटिसी उत्पादन हुँदै आएको छ । सर्वेक्षणअनुसार नेपालमा २०४० साल अघि २ दशमलव २ प्रतिशत, २०४० सालदेखि २०५० सम्म १४ दशमलव ४, २०५० सालदेखि २०६० सालसम्ममा ५४ दशमलव ६, २०६० सालदेखि २०७० सम्म २७ तथा २०७० सालयता १ दशमलव ९ प्रतिशत मात्रै चिया खेती विस्तार भएको छ ।

पूर्वी इलामका काजीमान कागते २०५० सालपछि हरियो चिया पत्तिको मूल्य उच्च भएपछि खाद्यान्न बाली मासेर पनि चिया खेती गरेको बताउनुहुन्छ । विसं २०६५ पछि हरियो पत्तीको मूल्य घट्दै गएपछि चिया खेती विस्तारको क्रम रोकिएको हो । विषादी प्रयोगका कारण नेपाली चिया तेस्रो मुलुक निर्यात गर्ने क्रम घटेको किसान डम्बर कटुवाल बताउनुहुन्छ । बैंक र वित्तीय संस्थाले लगानी नगरेका कारण समेत चिया खेती विस्तारमा कमी आएको कटुवालको भनाइ छ ।
सर्वेक्षणअनुसार चिया खेती गर्न तथा उद्योग सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाबाट पाँच प्रतिशत मात्र ऋण पाएको बताउनुहुन्छ ।

कारखानाको क्षमताअनुसार हरियो पत्ती आउन छोडेको इलाम टी प्रोडुसर्स प्रालिका प्रबन्धक ओम काफ्लले बताउनुभयो । “साना र ठूला कारखाना धेरै खुलेका छन्, हरियो पत्ती सङ्कलनमा कमी आएको छ,” उहाँले भन्नुभयो । यस्तै दैनिक २० हजार हरियो चिया पत्ति प्रशोधनको क्षमता रहेको इलामका श्रीअन्तुस्थित समाल भ्याली चिया कारखानामा पनि मुस्किलले दैनिक छ हजार किलो मात्रै पत्ती सङ्कलन हुन्छ । नेपालमा एक करोड ६० लाख ३६ हजार सिटिसी, २६ लाख ७० हजार अर्थोडक्स, दुई लाख २० हजार ग्रीन टी तथा ३२ हजार किलो स्पेसियाल चिया उत्पादन हुने गरेको बताइएको छ । प्रशोधन उद्योग सञ्चालकका अनुसार चार किलो हरियो चिया पत्तिबाट एक किलो तयारी चिया बन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

योगको पुनर्जागरण गर्दै शिक्षा मन्त्रालय
योगको पुनर्जागरण गर्दै शिक्षा मन्त्रालय
बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत र विपन्न वर्ग कर्जाको लक्ष्य पु-याए
बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत र विपन्न वर्ग कर्जाको लक्ष्य पु-याए
साताको कारोबारको पहिलो दिन नेप्से २६४० विन्दुमा, नेपाल बैंकको सर्वाधिक कारोबार
मलेसियामा एकै दिन नेपालीसहित ११ सय गैरकानुनी कामदार पक्राउ
मलेसियामा एकै दिन नेपालीसहित ११ सय गैरकानुनी कामदार पक्राउ
लिलीबिली’ लफडा: गोेविन्द शाहीको नाममा चलचित्र निर्माता सङ्घ र चलचित्र सङ्घमा उजुरी !
आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, दुई घाइते
आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, दुई घाइते
चरा वर्षलाई स्वागत गर्दै सोनाम ल्होसार विशेष कार्यक्रम गरी मनाइयो !!
चरा वर्षलाई स्वागत गर्दै सोनाम ल्होसार विशेष कार्यक्रम गरी मनाइयो !!
जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन स् गृहमन्त्री
जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन स् गृहमन्त्री
उपकुलपति प्रकरण: अनुमति नलिई जान लागेकाले रोक्यौँ: गृहमन्त्री
उपकुलपति प्रकरण: अनुमति नलिई जान लागेकाले रोक्यौँ: गृहमन्त्री
तीन घर जलेर नष्ट
तीन घर जलेर नष्ट

तपाईंले छुटाउनुभयो कि?