योनीबाट सेतो पानी बग्नु समस्या हो कि हैन ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
४७ पटक हेरिएको
Shares
योनीबाट सेतो पानी बग्नु समस्या हो कि हैन ?

सारांश

  • तपाईंको योनीबाट सेतो पानीमात्रै बग्छ भने त्यो समस्या हैन ।
  • तर सेतो पानी बग्दा माछा धोएको जस्तो पानी बग्ने, गनाउने, योनी चिलाउने, कपडामा लाग्ने खालको पानी बग्ने अनि तल्लो पेट दुख्ने, यौन सम्पर्क गर्दा दुख्ने समस्याहरु छन् भने तपाईले ध्यानदिनुपर्ने हुन्छ ।
  • यस्तो खालका समस्याहरु छन् भने चेक जाँचगर्न जरुरी हुन्छ ।

तपाईंको योनीबाट सेतो पानीमात्रै बग्छ भने त्यो समस्या हैन । तर सेतो पानी बग्दा माछा धोएको जस्तो पानी बग्ने, गनाउने, योनी चिलाउने, कपडामा लाग्ने खालको पानी बग्ने अनि तल्लो पेट दुख्ने, यौन सम्पर्क गर्दा दुख्ने समस्याहरु छन् भने तपाईले ध्यानदिनुपर्ने हुन्छ ।

यस्तो खालका समस्याहरु छन् भने चेक जाँचगर्न जरुरी हुन्छ । तर तपाईको योनीबाट सेतो पानी मात्र आउँछ र माथि भनेको जस्तो कुराहरु हुन्नभने यो समस्या होईन । यो सामान्य प्रकृया हो । सेतो पानीले योनीलाई सुख्खा हुनबाट जोगाउँछ । योनी सुख्खा भएमा घाउहरु हुने सम्भावना हुन्छ ।

त्यसैले प्राकृतिक हिसाबले पनि योनीलाई ओसिलो राख्नुपर्ने जरुरी हुनछ । तपाईंको योनीबाट बग्ने सेतो पानी गनाउँदैन, भित्र लगाउने कपडामा दाग बस्दैन, तल्लो पेट दुख्ने जस्ता समस्या हुँदैन भने यो सामान्य हो । आत्तिनुपर्दैन ।

समाधान
अहिले बजारमा आएको नाईलनको कपडा, टाईट कपडा लगाउनुभएको छ भने असहज भएका कारण योनीको प्रतिरक्षाको लागि सेतो पानी बगेको हुन्छ । योनीलाई असहज हुने अवस्था भएमा सेतो पानी बढी मात्रामा बग्छ । त्यसैले नाईलनको कपडा, टाइट कपडा लगाउनुहुन्छ भने छोड्दा नै राम्रो हुन्छ ।

फराकिलो र लुज कपडाहरु प्रयोग गर्नुभयो भने सेतो पानीबग्ने समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ । सेतो पानीमा हरियो कलर छैन, गनाउँदैन कपडामा लाग्दैन भने चिन्ता गर्नुपर्दैन ।

तितेपाती पनि समाधान
हाम्रो गाउँघरमा सर्वसुलभ रुपमा पाइने जडिवुटीमध्ये एक हो तीतेपाती । गाइवस्तुका लागि घाँसको रुपमा प्रयोग गरिने तीतेपाती मानिसका विभिन्न रोगमा निकै उपयोगी मानिन्छ । दैनिक जीवनमा आइपर्ने धेरै स्वास्थ्य समस्या तीतेपातीले समाधान हुन्छ ।

तीतेपाती खास गरेर महिला प्रजनन स्वास्थ्य समस्या समाधानका लागि निकै लाभदायी हुन्छ ।तीतेपातीको पातबाट निकालिएको रस चिलाएको ठाउँमा दल्यो भने चिलाउन कम हुन्छ ।

महिलाको सेतोपानी बग्ने समस्याका लागि यो अतिनै उपयुक्त औषधी मानिन्छ । कतिपय महिलाको धेरै नै सेतो पानी बग्ने समस्याले हैरान भएका हुन्छन् । अलिअलि सेतो पानी बग्नु प्राकृतिक कुरा हो । गन्हाउने पीपजस्तो पानी बग्दा घरमै पनि समस्या समाधान गर्ने उपाय हो तीतेपाती । तीतेपाती लगाउनुअघि मनतातो सफा पानीले चिलाउने ठाउँ सफा गर्नुपर्छ ।

तीतेपातीलाई सफा गर्ने र त्यसको रस निकालेर गुप्तांगमा दलेमा वा त्यसलाई उमालेर बाफ लिएमा तीतेपातीको मनतातो पानी राखेको ठूलो मुख भएको भाडामा थचक्क बस्ने उक्त समस्या धेरै हदसम्म निको हुने डाक्टरहरु बताउँछन् ।

नेपालमा पहिलेदेखि नै गाउँघरमा तीतेपातीको प्रयोग हुँदै आएको छ । तर यसको उपयोगिताबारे कमैलाई थाहा छ । तीतेपातीको अकुप्रेसर र चाइनिज औषधिमा पनि यसको प्रयोग गरिन्छ । तीतेपातीको रस लगाउनाले लुतो, ससाना घाउ, खटिरा पनि निको हुने गर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?