अमेरिकामा प्रधानमन्त्री ओलीले यी ४ वटा देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसंग भेट्दै
सारांश
- काठमाडौं, ८ असोज।
- संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न ४ वटा देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसँग भेटवार्ता गर्ने भएका छन्।
- बेलायत र क्यानाडाका प्रधानमन्त्रीसँग पनि उनको भेटवार्ता तय भएको छ ।
काठमाडौं, ८ असोज। संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न ४ वटा देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसँग भेटवार्ता गर्ने भएका छन्। बेलायत र क्यानाडाका प्रधानमन्त्रीसँग पनि उनको भेटवार्ता तय भएको छ ।
क्यानाडाका प्रधानमन्त्री जस्टिन थ्रडेउ, बेलायतकी प्रधानमन्त्री थेरेसा मे भियतनामका प्रधानमन्त्री हुन सेन, र स्वीट्जरल्याण्डका राष्ट्रपति अलेन बर्सेटसँग भेटवार्ता तय भएको परराष्ट्र मन्त्रालयद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । त्यसबाहेक ओलीले संयुक्त राष्ट्रसंघको महासभा उद्घाटनकै दिन बुधबार (९ असोज) मा राष्ट्रसंघका महासचिव न्टोनियो गुटेरेस र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्नेछन् ।
महासचिव गुटरेससँग महासभाकै क्रममा ११ असोजमा भेटघाट हुन लागेको हो भने राष्ट्रपति ट्रम्पले बुधबार साँझ उनले आयोजना गर्ने रात्रिभोजका क्रममा भेट हुन लागेको हो। नेपाली प्रतिनिधि मण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल, परराष्ट्र सचिव शंकरदास बैरागी र नेपाल सरकारका अन्य बरिष्ठ अधिकारी छन्।
प्रतिक्रिया