जाने होइन ‘मनको इच्छा पुर्याउने’ कालिञ्चोक भगवती ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १४, २०७५
|
|
५८ पटक हेरिएको
Shares
जाने होइन ‘मनको इच्छा पुर्याउने’ कालिञ्चोक भगवती ?

सारांश

  • कालिञ्चोक भगवती नेपालको एक प्रशिद्ध धार्मिकस्थल हो ।
  • दोलखा जिल्लामा पर्ने ३ हजार ८ सय ४२ मीटर उचाइमा अवस्थित कालिञ्चोक भगवनी अहिले आन्तरिक पर्यटनको केन्द्र पनि हो ।
  • केही वर्ष अघिसम्म त्यति चर्चामा नआएको कालिञ्चोक अहिले धार्मिकका साथै घुमघामका लागि जाने पर्यटकको एउटा उत्कृष्ट गन्तव्य बनिसकेको छ ।

कालिञ्चोक भगवती नेपालको एक प्रशिद्ध धार्मिकस्थल हो । दोलखा जिल्लामा पर्ने ३ हजार ८ सय ४२ मीटर उचाइमा अवस्थित कालिञ्चोक भगवनी अहिले आन्तरिक पर्यटनको केन्द्र पनि हो । केही वर्ष अघिसम्म त्यति चर्चामा नआएको कालिञ्चोक अहिले धार्मिकका साथै घुमघामका लागि जाने पर्यटकको एउटा उत्कृष्ट गन्तव्य बनिसकेको छ ।

कसरी पुग्ने कालिञ्चोक ?
काठमाडौँबाट कालिञ्चोक जान दोलखाको सदरमुकाम चरिकोट पुग्नुपर्छ । चरिकोट काठमाडौँबाट १ सय ३३ किलोमीटरको दुरीमा रहेको छ । चरिकोट पुगेपछि त्यहाँका कालिञ्चोकसम्म जानका लागि जीपहरु पाइन्छन् । सदरमुकाम चरिकोटबाट करिब १७ किलोमीटरको दुरीमा कालिञ्चोक रहेको छ । काठमाडौँबाट कालिञ्चोकसम्म जानका जानका लागि सार्वजनिक बस उपलव्ध छ । आफ्नै नीजि सवारी साधनबाट पनि कालिञ्चोकसम्म पुग्न सकिन्छ । त्यस्तै बलेरो रिजर्भ गरेर पनि काठमाडौँदेखि कालिञ्चोक जान आउन सकिन्छ । करिब २ महिना अघिदेखि काठमाडौँको पुरानो बसपार्कबाट कालिञ्चोकसम्मै पुग्ने बससेवा पनि सुचारु भएको छ । बसमा जाँदा करिब ५ सय रुपैयाँ भाडा लाग्दछ । बलेरो रिजर्भ गरेर जान चाहनेले पनि करिब ६ देखि ९ हजार रुपैयाँसम्म खर्च गर्नु पर्ने हुन्छ । बसमा जाँदा बाटोमा कुनै अवरोध नआए करिब ७ देखि ८ घण्टामा कालिञ्चोक पुग्न सकिन्छ । बलेरो वा नीजि सवारीमा गए यो दुरी अझ चाडै पार हुन्छ ।

पहिलो दिनको बासस्थान कुरी बजार
काठमाडौँदेखि कालिञ्चोकसम्म पुगेर एकै दिनमा फर्कन सम्भव छैन । त्यसैले काठमाडौँबाट सुरु भएको पहिलो दिनको यात्रा कुरी बजार पुगेर सकिन्छ । कुरी बजारमा बस्नका लागि साना ठूला गरी ५ दर्जनभन्दा बढी रिसोर्ट तथा होटल छन् । केही साना बाहेक कुरीमा रहेका होटल तथा रिसोर्ट सुविधासम्पन्न नै रहेका छन् । कुरीमा १ हजार रुपैयाँदेखि माथिका होटल पाइन्छन् । यहाँ रहेका होटल तथा रिर्सोटमा स्थानीय परिकार खान पाइन्छ ।

कुरीबाट हिडेर जाने कि केबलकारमा जाने ?
३ हजार ४ सय मीटर उचाईमा रहेको कुरी बजारमा एक रात बसेर भोलीपल्ट विहानै कालिञ्चोक भगवतीको दर्शनका लागि जान सकिन्छ । हिडेर जाने हो भने कुरी बजारबाट कालिञ्चोक भगवतीको मन्दिरसम्म पुग्न करिब १ घण्टा लाग्छ । तर अहिले केबल कार सञ्चालनमा आएका कारण हिड्न नचाहनेहरुले केबलकार प्रयोग गर्न सक्छन् । केबलकारमा जाँदा ३ देखि ४ मीनेटमै कालिञ्चोक पुगिन्छ । केबलकारको दुईतर्फी भाडाा ५ सय रुपैयाँ रहेको छ । केबलकारको टिकट काठमाडौँमै पनि लिन सकिन्छ । कालिञ्चोक भगवतीको दर्शन गरिसके पछि त्यहाँ पुग्ने अधिकांस रोल्वालिङ हिमश्रृंखला लगायत मनोरम प्राकृतिक दृश्यहरुको अवलोकनमा रमाउने गर्छन् । युवायुवतीहरुको हुल सेल्फी लिन र सम्झनाका लागि तस्विर खिचाउँन व्यस्त हुन्छन् ।

केबलकार अर्को आकर्षण
केबलकार सञ्चालनमा आए पछि कालिञ्चोक जानेको संख्या झनै बढेको छ । हिडेर जान नसक्नेहरु पनि केबलकार सञ्चालनमा आए पछि कालिञ्चोक जान थालेका छन् । करिब ४५ करोड रुपैयाँ लागतमा निर्मित केबलकारमा ४ डिब्बा रहेका छन् । स्वीस प्रविधि र प्राविधिकले बनाएको केबलकारको एउटा डिब्बामा एकपटकमा ८ जनाले यात्रा गर्न सक्छन् । केबलकारबाट एक दिनमा २ हजार ५ सयले यात्रा गर्न सक्छन् । केबलकारको स्टेसनदेखि कालिञ्चोकसम्मको दुरी १ किलोमीटर मात्र रहेको छ । स्थानीय, बृद्धबृद्धा र विद्यार्थीलाई केबलकार सञ्चालकले २० प्रतिशत छुटको व्यवस्था मिलाएका छन् ।

कालिञ्चोकको धार्मिक महत्व
धार्मिक दृष्टिकोणले कालिञ्चोक भगवतीलाई मनको इच्छा पुरा गर्ने भगवतीको रुपमा लिइन्छ । त्यसैले अधुरा कामहरु पूर्ण होस भनि कालिञ्चोकको भाकल गर्ने र भाकल पुरा गर्न त्यहाँ पुग्नेहरुको संख्या उल्लेख्य छ । कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ । कालिञ्चोकमा जनैपुर्णीमा, दशैं, चैते दशैं र शनिबारका दिन भक्तजनको भिड लाग्ने गर्दछ । बौद्ध धर्मावलम्बीहरुका लागि पनि कालिञ्चोक महत्वपुर्ण तीर्थस्थल हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्री नआएको भन्दै एमाले सांसदले विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित
अर्थमन्त्री नआएको भन्दै एमाले सांसदले विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित
काठ आपूर्ति सहज बनाएपछि रोकिँदै काठ तस्करी
काठ आपूर्ति सहज बनाएपछि रोकिँदै काठ तस्करी
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपतिलाई बधाई तथा शुभकामना
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपतिलाई बधाई तथा शुभकामना
सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने इच्छुकले महानगरमा हप्तादिन भित्र सम्पर्क गर्न आग्रह
सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने इच्छुकले महानगरमा हप्तादिन भित्र सम्पर्क गर्न आग्रह
अब राती पनि झलमलै हुने, रुसले बनायो कृत्रिम तारा
अब राती पनि झलमलै हुने, रुसले बनायो कृत्रिम तारा
तयार भयो बाम एकताका लागि प्रतिवेदन
तयार भयो बाम एकताका लागि प्रतिवेदन
बीरगञ्जमा ३ वर्षीय बालकसहित १५६ जनामा कोरोना संक्रमण
संसदमा कुनै पनि दलको बहुमत पुगेन
संसदमा कुनै पनि दलको बहुमत पुगेन
भारतीय नक्साबारे देउवाको अभिव्यक्तिले निम्त्याएको बहस र प्रतिक्रिया
भारतीय नक्साबारे देउवाको अभिव्यक्तिले निम्त्याएको बहस र प्रतिक्रिया
तालचोकमा खुल्यो सेभेन ओन्डर्स वाटर पार्क
तालचोकमा खुल्यो सेभेन ओन्डर्स वाटर पार्क