ओखलढुंगाका दुई गाउँपालिकामा एमालेको अग्रता
सारांश
- ओखलढुंगा, असार १९– ओखलढुंगाको मत परिणाम आउन बाँकी दुई गाउँपालिकामा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।
- लिखु र मोलुगं गाउँपालिकामा एमाले उम्मेदवार अघि देखिएका हुन् ।
- लिखुको प्रमुख पदमा एमाले उम्मेदवार झण्डै पाँच सय मत अन्तरले अघि छन् भने उप प्रमुखमा एकहजार मत अन्तर छ ।
ओखलढुंगा, असार १९– ओखलढुंगाको मत परिणाम आउन बाँकी दुई गाउँपालिकामा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । लिखु र मोलुगं गाउँपालिकामा एमाले उम्मेदवार अघि देखिएका हुन् । लिखुको प्रमुख पदमा एमाले उम्मेदवार झण्डै पाँच सय मत अन्तरले अघि छन् भने उप प्रमुखमा एकहजार मत अन्तर छ । यहाँ एमालेकी प्रदेश कमिटी सदस्य शान्ता ढुंगेलको जित निश्चित जस्तै देखिएको छ । अब एक हजार चार सय मत गन्न बाँकी रहेको छ ।
त्यस्तै मोलुगं गाउँपालिकामा पनि नेकपा एमालेका उम्मेदवार मणि राज राई झिनो मत अन्तरले अघि हुनुहुन्छ । उपप्रमुखमा भने कांग्रेसले अग्रता लिएको छ । दुई सय ५० मत अघि रहेकी हेमकुमारी तामांग अग्र स्थानमा हुनुहुन्छ । यो गाउँपालिका सांसद यज्ञराज सुनुवारको गृह गाउँपालिका पनि हो एमालेको पकड रहेको वडा गन्न बाँकी भएकाले राईले जित्ने एमालेको दावी छ ।
यस अघि मत परिणाम आएका स्थानीय तहमा एक मात्र सिद्धिचरण नगरपालिकामा एमाले, एक गाउँपालिकामा नेकपा माओवादी केन्द्र र चार गाउँपालिकामा काँग्रेसले जितिसकेको छ । दुवै गाउँपालिकाको आज साँझ सम्म मत परिणाम आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया