१० वर्षीया बालिका बलात्कार पछि हत्या प्रकरण: १६ घण्टामै अपराधि पक्राउ !
सारांश
- कास्की, १० असोज ।
- पोखरामा सोमबार साँझ मृत भेटिएकी १० वर्षीया बालिका श्रेया बिकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।
- बिस्कुट किन्न भनेर श्रेया सोमबार साँझ घरबाट निस्केकी थिईन् ।
कास्की, १० असोज । पोखरामा सोमबार साँझ मृत भेटिएकी १० वर्षीया बालिका श्रेया बिकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । बिस्कुट किन्न भनेर श्रेया सोमबार साँझ घरबाट निस्केकी थिईन् । उनी साँझ अवेरसम्मपनि घर नआएपछि परिवारको सदस्यले खोजि गर्दापनि भेटेका थिएनन्।
तर श्रेया मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी थिइन् । उनको टाउकोमा केही चोटहरु र छेउमा ढुङ्गाहरु थिए । यो घटना भएको १६ घण्टामै अपराधि पक्राउ गर्नसफल भएको प्रहरीको दावी छ । प्रहरीले घटनामा संलग्न भएको संकामा २७ जनालाई अनुसन्धान गरेको थियो । जसमा श्रेयाका छिमेकी रहेका कुशुम पौडेलले बलात्कार पछि आफैले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरिक्षक ओमबहादु रानाले हत्यामा संलग्नको पहिचान गरी पक्राउ गरिएको पुष्टी गरेका छन् ।
मंगलबार विहान घटना सार्वजनिक भएलगत्तै वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी नविन कार्की नेतृत्वको टोली सुरुदेखि नै अनुसन्धानमा जुटेको थियो । विहान ८ बजे स्थानीयले खबर गरे बित्तिकै घटनास्थल पुगेर अनुसन्धान गरेको कार्की नेतृत्वको टोलीले मध्यरातमा अनुसन्धान पश्चात घटनामा संलग्न पक्राउ गर्न सफल भएको हो ।
प्रतिक्रिया