एउटै जिल्लामा नेपाल विद्यार्थी संघका ३ जना अध्यक्ष, विद्यार्थी रनभुल्ल

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २४, २०७५
|
|
५१ पटक हेरिएको
Shares

सारांश

  • कञ्चनपुर, २४ असार ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ कञ्चनपरको ३ जना अध्यक्ष भएका छन् ।
  • तीनजना छुट्टाछुट्टै व्यक्तिलाई अध्यक्षको जिम्मेवारी दिएको छ ।

कञ्चनपुर, २४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ कञ्चनपरको ३ जना अध्यक्ष भएका छन् । तीनजना छुट्टाछुट्टै व्यक्तिलाई अध्यक्षको जिम्मेवारी दिएको छ ।

नेविसंघमा देखिएको लामो समयदेखिको असन्तुष्टिका कारण कञ्चनपुरमा गत बैशाखयता तीन जना अध्यक्ष नियुक्त भएका हुन् । कांग्रेसको सिटौला समूहले संस्थापन पक्षलाई काउन्टर दिनका लागि समानान्तर समिति गठन गरेको थियो । त्यसको महिना दिन नबित्दै पौडेल पक्ष मानिने असन्तुष्ट समूहले राजबहादुर चन्दलाई जिल्ला अध्यक्षको जिम्मेवारी तोकेर पत्र पठाएपछि कञ्चनपुरमा ३ जना अध्यक्ष भएका हुन् ।

यही असार १८ मा नेविसंघका उपाध्यक्ष नवीन राई र प्रकाश रानाले संयुक्त विज्ञप्ति जारी गरेर चन्दलाई कञ्चनपुरको जिम्मेवारी दिइएको जनाएका हुन् । चन्दलाई अध्यक्षको जिम्मेवारी सुम्पेर पठाइएको पत्रमा नेविसंघको विधानअनुसार यथाशीघ्र जिल्ला अधिवेशन गराउन निर्देशन दिइएको छ ।

यसअघि गत जेठ २८ गते सिटौला समूह निकट मानिएका महामन्त्री कुन्दनराज काफ्लेले अध्यक्ष नैनसिंह महरले जिल्ला अध्यक्षको जिम्मेवारी दिएका टेकराज पाण्डेयको समानान्तरमा कृष्ण भट्टको अध्यक्षतामा समानान्तर जिल्ला कार्यसमितिको घोषणा गरेका थिए ।

सस्थापन निकटका पाण्डेय र सिटौला निकटका भट्टले आ–आफ्नै ढंगले जिल्लामा निर्वाचन क्षेत्रस्तरीय समिति समेत गठन गरिसकेका छन् । त्यही अवस्थामा पौडेल समूहले तेस्रो व्यक्तिलाई अध्यक्षको जिम्मेवारी तोकेपछि विद्यार्थीहरु रनभुल्ल परेका छन् ।

(Zoloft)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिन्तन थिङ तामाङको  समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…
चिन्तन थिङ तामाङको समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…
गाईको पिसाबबाट औषधि र मलबाट प्राङ्गारिक मल उत्पादन
गाईको पिसाबबाट औषधि र मलबाट प्राङ्गारिक मल उत्पादन
म्याग्दीमा पर्यटकको चहलपहल बढ्दै
म्याग्दीमा पर्यटकको चहलपहल बढ्दै
चुनावमा कहीं सुनिएन मोनोरेल, मेट्रोरेल र मेट्रोसिटीको कुरा
चुनावमा कहीं सुनिएन मोनोरेल, मेट्रोरेल र मेट्रोसिटीको कुरा
सोमबार ३३८ कोरोना संक्रमित थपिए, १४० जना डिस्चार्ज
सोमबार ३३८ कोरोना संक्रमित थपिए, १४० जना डिस्चार्ज
बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली
बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली
प्रचण्डले भने, ‘माओवादीले जति हार्नु थियो हारिसक्यो अब जित्ने बेला आएको छ’
प्रचण्डले भने, ‘माओवादीले जति हार्नु थियो हारिसक्यो अब जित्ने बेला आएको छ’
आजको मौसम-कोशी प्रदेशमा चक्रवात ‘दाना’ को आंशिक प्रभाव
आजदेखि स्वास्थानी मेला (माधव मेला) सुरु (हेर्नुहोस् ६ तस्बिरमा)
आजदेखि स्वास्थानी मेला (माधव मेला) सुरु (हेर्नुहोस् ६ तस्बिरमा)
प्रचण्ड-ओलीको गोप्य बैठक सकियोः गरे यस्तो सहमति, यी हुन् मुख्यमन्त्री
प्रचण्ड-ओलीको गोप्य बैठक सकियोः गरे यस्तो सहमति, यी हुन् मुख्यमन्त्री