२७ गतेदेखि दसैँका लागि टिकट बुकिङ खुल्ने

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २४, २०७४
|
|
२३ पटक हेरिएको
Shares
२७ गतेदेखि दसैँका लागि टिकट बुकिङ खुल्ने

सारांश

  • काठमाडौं, भदौ २४ – दसैँका लागि आउँदो २७ गतेदेखि गाडीको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।
  • सरकार तथा यातायात व्यवसायीबिच शनिबार भएको छलफलपछि २७ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको हो ।
  • यातायात मन्त्री वीरबहादुर बलायर नेतृत्वको सरकारी टोलीसँग भएको वार्तामा बसको छतमा यात्रुका सामान राख्न पाउने तर व्यावसायिक प्रयोजनसहित यात्रु बोक्न नपाउने गरी सहमति भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

काठमाडौं, भदौ २४ – दसैँका लागि आउँदो २७ गतेदेखि गाडीको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । सरकार तथा यातायात व्यवसायीबिच शनिबार भएको छलफलपछि २७ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको हो ।

यातायात मन्त्री वीरबहादुर बलायर नेतृत्वको सरकारी टोलीसँग भएको वार्तामा बसको छतमा यात्रुका सामान राख्न पाउने तर व्यावसायिक प्रयोजनसहित यात्रु बोक्न नपाउने गरी सहमति भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

यसअघि यातायात व्यवसायीले भाडा बढाउनुपर्ने र गाडीमा छत राख्न पाउनुपर्ने माग गर्दै टिकट बुकिङ गर्न आनाकानी गर्दै आएका थिए । दसैँको लागि उपत्यकाबाट झण्डै ५० लाख यात्रु बाहिरिने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?