दीपकराज जोशी फेरि विदामा, कारण यस्ताे छ !
सारांश
- काठमाडौं, १० असोज ।
- महाअभियोग लगाउने भनेर तर्साएपछि सर्वाेच्च अदालतका न्यायधीश दीपकराज जोशी विदामा बसेका छन् ।
- मंगलबारदेखि उनी ५ दिनका लागि विदामा बसेका हुन् ।
काठमाडौं, १० असोज । महाअभियोग लगाउने भनेर तर्साएपछि सर्वाेच्च अदालतका न्यायधीश दीपकराज जोशी विदामा बसेका छन् । मंगलबारदेखि उनी ५ दिनका लागि विदामा बसेका हुन् ।
संसदीय सुनुवाईका क्रममा उनी प्रधानन्याधीशमा अस्वीकृत भएका थिए । प्रधानन्यायधीशमा अस्वीकृत भएपछि उनलाई राजिनामा दिन अप्रत्यक्ष रुपमा दबाब दिइएको छ । तर, उनी बरिष्ठ न्यायधीशका रुपमा सर्वाेच्च फर्किए । सर्वाेच्च फर्किएपछि जसरी पनि उनलाई फाल्न एक समूह लागेको छ । स्रोतका अनुसार न्यायधीश चोलेन्द्र शमशेर राणा निकट समूह जोशीलाई हटाउन लागिपरेको हो ।
हालका प्रधान्यायधीश ओमप्रकाश मिश्रले अवकाश पाएपछि पनि जोशी न्यायधीश पदमै हुने छन् । त्यतीबेला फेरि उनको प्रधानन्याधीशमा सिफारिस हुनसक्छ । तर, एकपटक अस्वीकृत भइसकेकाले फेरि उनको नाम फेरि सिफारिस हुने सम्भावना कम छ । जोशीलाई अहिले हटाएमा सर्वाेच्चमा मिश्रपछि चोलेन्द्रशमशेर राणा प्रधानन्यायधीश हुने छन् । चोलेन्द्र निकट समूह अहिले जोशीलाई फाल्न लागेको स्रोत बताउँछ । दृष्टि साप्ताहिकका अनुसार एनसेललाई करोडौं कर छुट दिलाउनेदेखि सरकारी जग्गा व्यक्तिको नाममा पास गराउने सक्रिय सो समूहले जोशीलाई महाअभियोगबाट हटाउन लबिङ गरिरहेको छ । जून गिरोहको गतिविधि देखेर सर्वाेच्चकै कर्मचारीहरु चकित छन् ।
प्रतिक्रिया