एमाले–माओवादी : जेठ पहिलो सातासम्म नयाँ पार्टी र नेतृत्व घोषणा

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २४, २०७५
|
|
३३ पटक हेरिएको
Shares
एमाले–माओवादी : जेठ पहिलो सातासम्म नयाँ पार्टी र नेतृत्व घोषणा

सारांश

  • काठमाडौं २४ बैशाख ।
  •  एमाले र माओवादी केन्द्रले आन्तरिक तयारी सकेर पार्टी एकता घोषणाका लागि जेठ पहिलो साता ‘संयुक्त अधिवेशन’ बोलाउने भएका छन् ।
  • एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो छलफलमा दुवै पार्टी विघटन र नयाँ पार्टी घोषणाका लागि ‘संयुक्त अधिवेशन’ बोलाउने समझदारी गरेका हुन् ।

काठमाडौं २४ बैशाख । एमाले र माओवादी केन्द्रले आन्तरिक तयारी सकेर पार्टी एकता घोषणाका लागि जेठ पहिलो साता ‘संयुक्त अधिवेशन’ बोलाउने भएका छन् ।एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो छलफलमा दुवै पार्टी विघटन र नयाँ पार्टी घोषणाका लागि ‘संयुक्त अधिवेशन’ बोलाउने समझदारी गरेका हुन् । जेठको पहिलो साता संयुक्त अधिवेशन बोलाउने सहमति भइसके पनि पार्टी एकता संयोजन समितिको बैठकमार्फत मिति तोक्ने तयारी छ ।

बालुवाटारनिकट स्रोतले पनि केन्द्रीय कमिटीसहित दशवटै तहका कमिटीको आकार प्रतिशतमा नभएर दुवै पार्टीबाट योग्य नेता छनोट गरेर टुंग्याउने गरी अध्यक्षकै तहमा गृहकार्य भइरहेको दाबी गरेको छ ।

‘माओवादी केन्द्रका अध्यक्षज्यूले पनि पार्टीका तर्फबाट योग्यहरूको खाका तयार पारिसक्नुभएको छ,’ त्यसबाटै नयाँ पार्टीमा समावेश गर्नुहुनेछ, बालुवाटार स्रोतले भन्यो, ‘एमालेको तहगत संरचना रहेकाले छनोटका लागि कुनै समस्या छैन ।’

दुई अध्यक्षबीच २० वैशाखमा भएको लामो छलफलले एकतासँग जोडिएका सबै विषय टुंगो लगाएको हो । त्यस दिन ओली र प्रचण्डबीच दुईपटक छलफल भएको थियो भने एमाले नेता माधवकुमार नेपाल र प्रचण्डबीच पनि छुट्टै कुराकानी भएको थियो ।

प्रतिवेदनको भाषा कसरी मिलाउने भन्नेमा समेत सहमति जुटिसकेकाले त्यसलाई लिखित रूप दिने काम मात्र बाँकी रहेको माओवादी नेता जनार्दन शर्माले दाबी गरे ।

यस्तो छ समझदारी 

१. नाम र चुनाव चिह्न
विवादित भनिएको चुनाव चिह्न, विधानको प्रस्तावना र केन्द्रीय कमिटीको संख्यामा दुई अध्यक्षले सहमति गरेका छन् । एकीकृत नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र चुनाव चिह्न सूर्य राख्ने सहमति भएको छ ।

२. जनयुद्धको प्रसंग
तत्कालीन नेकपा माओवादी नेतृत्वमा भएको जनयुद्ध राजनीतिक परिवर्तनका लागि महŒवपूर्ण परिघटना भएको प्रसंग विधानमा लेख्ने सहमति भएको छ ।

३. केन्द्रीय कमिटी
केन्द्रीय कमिटी २९९ सदस्य बनाउने भनिएकोमा अब संख्या ३५१ बनाउने सहमति भएको छ । यसमा एमालेबाट करिब २०० र माओवादीबाट करिब १५० सदस्यले प्रतिनिधित्व गर्नेछन् । नेताहरूले प्रतिशत होइन, योग्यता र अनुभवका आधारमा नेताहरूलाई समेट्ने समझदारी बनाएका छन् ।

४. संयोजन समिति बैठक
दुई अध्यक्षको समझदारी अनुमोदन गर्दै घोषणासभाको मिति टुंगो लगाउन पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी छ । माओवादी नेता जनार्दन शर्माले दुई अध्यक्षबीच अब हुने भेटघाटलगत्तै संयोजन समितिको बैठक डाकिने बताए ।

५. दुवै पार्टी भंग हुने
एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै अन्तिम केन्द्रीय कमिटी बैठक बोलाउनेछन् । दुवै पार्टीका केन्द्रीय कमिटीले आ–आफ्नो पार्टी विघटन गर्ने र एकअर्कासँग एकीकरण गर्ने औपचारिक निर्णय गर्नेछन् ।

६. संयुक्त अधिवेशन
पार्टी एकता संयोजन समितिले तोकेको मितिमा दुवै पार्टीको संयुक्त अधिवेशन आयोजना हुनेछ । सो अधिवेशनले दुवै पार्टी भंग भएको निर्णय अनुमोदन गर्दै नेतृत्वसहित नयाँ पार्टी गठन गर्ने निर्णय गर्नेछ । सोही निर्णयअनुसार नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता हुनेछ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Chola Kant

    hait fataha haru ko ke paxi lagnu ho.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुर राजधानी बनाउनु हुँदैन : नारायणमान विजुक्छे
भक्तपुर राजधानी बनाउनु हुँदैन : नारायणमान विजुक्छे
मन्त्रीहरुको व्यस्तताले बस्न सकेन नेकपा कार्यदलको बैठक
मन्त्रीहरुको व्यस्तताले बस्न सकेन नेकपा कार्यदलको बैठक
माधव नेपाल र झलनाथले ओलीमाथि लगाए यस्तो गम्भिर आरोप
माधव नेपाल र झलनाथले ओलीमाथि लगाए यस्तो गम्भिर आरोप
मंसिर २५ गते बिहिवारको राशिफल यस्तो छ
मंसिर २५ गते बिहिवारको राशिफल यस्तो छ
केटाकेटीलाई जन्ते बार्खो बाँड्दा कसैलाई झोल र कसैलाई टुक्रामात्र पर्न सक्छ : प्रधानमन्त्री ओली
केटाकेटीलाई जन्ते बार्खो बाँड्दा कसैलाई झोल र कसैलाई टुक्रामात्र पर्न सक्छ : प्रधानमन्त्री ओली
पूर्व बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज
पूर्व बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज
स्थानीय निर्वाचनमा महानगरपालिकामा गठबन्धनले यसरी गर्दैछ भागबण्डा
स्थानीय निर्वाचनमा महानगरपालिकामा गठबन्धनले यसरी गर्दैछ भागबण्डा
गाजास्थित अल-शिफा अस्पतालबाट ३१ शिशुको उद्धार
गाजास्थित अल-शिफा अस्पतालबाट ३१ शिशुको उद्धार
परदेसिका पीडा बोकेर आय चर्चित गायक भिमसेन खतिवडा
परदेसिका पीडा बोकेर आय चर्चित गायक भिमसेन खतिवडा
आयोजक कतारसँगै पहिलो पटक सहभागी ताजकिस्तान दोस्रो चरणमा
आयोजक कतारसँगै पहिलो पटक सहभागी ताजकिस्तान दोस्रो चरणमा

तपाईंले छुटाउनुभयो कि?