सप्तरी अपडेट- कांग्रेसले लियो अग्रता, दोस्रोमा फोरम, राजपाको अग्रता खुम्चियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
२६ पटक हेरिएको
Shares
सप्तरी अपडेट- कांग्रेसले लियो अग्रता, दोस्रोमा फोरम, राजपाको अग्रता खुम्चियो

सारांश

  • ४ असोज, सप्तरी ।
  • सप्तरीमा जारी स्थानीय तह निकायको निर्वाचनको मतगणना उलटपुलट भइरहेको छ ।
  • मतगणना सुरु भएको पहिलो दिन मंगलबार अगाडि रहेका उम्मेदबारहरु बुधबार पछाडि परेका छन् ।

४ असोज, सप्तरी । सप्तरीमा जारी स्थानीय तह निकायको निर्वाचनको मतगणना उलटपुलट भइरहेको छ । मतगणना सुरु भएको पहिलो दिन मंगलबार अगाडि रहेका उम्मेदबारहरु बुधबार पछाडि परेका छन् । केहि तहमा लगातार अग्रता देखिएको छ ।

अहिलेसम्मको नतिजा अनुसार काग्रेस ६ तहमा र फोरम नेपालले ५ तहमा अग्रता लिएको छ ।

जिल्लाको सप्तकोशी नगरपालिकामा एमालेले लगातार अग्रता लिइरहेको छ । बुधबार साँझसम्मको परिणाम अनुसार सप्तकोशीमा एमालेका मेयर उम्मेदवारले २००२ मत ल्याएर अग्रस्थानमा छन् । माओवादी केन्द्रले १३२० र कांग्रेसले ८७१ मत पाएको छ ।

कंचनरुप नगरपालिकामा कांग्रेसको अग्रता कायमै छ । कांग्रेस ८६६ मत पाउँदै अगाडि देखिएको छ भने एमाले ६ सय ९१ र फोरम नेपालले ५०९ मत पाएको छ ।

यस्तै खड्ग नगरपालिकामा कांग्रेसको अग्रता छ । पछिल्लो परिणाम अनुसार कांग्रेसले १३४५ मत पाएको छ भने एमाले १२२५ र राजपाले १०२२ मत पाएको छ ।

बिष्णुपुर गाउँपालिकामा पनि कांग्रेस अगाडि छ । शुरुदेखि नै गणनामा अगाडि पछाडि हुँदै आएको यस गाउँपालिकामा बुधबारदेखि कांग्रेसले अग्रता लिएको छ ।

बेल्ही चपेना गाउँपालिकामा पनि कांग्रेसको अग्रता कायमै छ । यहाँ कांग्रेसले २३५० मत पाएको छ भने एमाले १२८० र फोरम नेपालले ११३० मत पाएको छ ।

कृष्णासावरण गाउँपालिकामा पनि कांग्रेसको अग्रता कायमै छ । ९६३ मतका साथ कांग्रेस अग्रस्थानमा छ भने एमाले ५६८ र फोरम लोकतान्त्रिकले ५४६ मत पाएको छ ।

तिलाठी-कोइलाडी गाउँपालिकामा बुधबार दिउँसोदेखि कांग्रेसले अग्रता लिएको छ । कांग्रेस १३०८ मतसहित पहिलो, राजपा ७९१ सहित दोस्रो र फोरम नेपाल २३० मतसहित तेस्रो स्थानमा रहेको छ । यसअघि यहाँ राजपाले अग्रता लिएको थियो ।

महदेवा, बलान-बिहुल, तिरहुत गाउँपालिका र बोदे बर्साइन तथा हनुमाननगर कंकालनी नगरपालिकामा संघीय समाजवादी फोरम नेपाल अगाडि रहेको छ ।

महदेवामा फोरम नेपालले ५२१, नेपाल लोकतान्त्रिक फोरम ३०९ र राजपाले २१८ मत पाएको छ भने बलान-बिहुलमा फोरम नेपाल ५९७, कांग्रेस ४७६ र एमालेले ४६६ मत पाएको छ ।

तिरहुत गाउँपालिकामा फोरम नेपाल ९०६ मत पाएर अग्रस्थानमा रहेको छ भने माओवादी केन्द्र ३६३ र फोरम लोकतान्त्रिकले २८६ मत पाएको छ ।

हनुमाननगर-कंकालनी नगरपालिकामा १०९९ मत पाएर फोरम नेपाल अगाडि रहेको छ भने राजपा ७०४ र कांग्रेसले २५३ मत पाएको छ । बोदे-बर्साइन नगरपालिकामा ६९८ मत पाएर फोरम नेपाल पहिलो, राजपा ३७२ पाएर दोस्रो र २२३ पाएर कांग्रेस तेस्रो स्थानमा रहेको छ ।

बुधबार सप्तरीको शम्भुनाथ नगरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेले ७६६ मत पाएको छ भने नेपाल लोकतान्त्रिक फोरम ५ सय ६६ र कांग्रेसले ४२४ मत पाएको छ ।

दुई तहमा राजपा अगाडि

जिल्लाको दुई स्थानीय तहमा राजपा अगाडि छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका र रुपनी गाउँपालिकामा राजपा अगाडि देखिएको छ । डाक्नेश्वरीमा राजपाले २६४० मत पाएको छ । कांग्रेसले २१३४ र एमालेले १६७७ मत पाएको छ । रुपनीमा राजपाले १९४७ मत पाएको छ भने कांग्रेसले ७२७ मत पाएको छ ।

नयाँ शक्तिको अग्रता

जिल्लाको छिन्नमस्ता गाउँपालिकामा नयाँ शक्तिले अग्रता लिएको छ । नयाँ शक्ति ७७३ मत ल्याएर अग्रता लिएको छ भने दोस्रोमा रहेको फोरम नेपालले ५०६ मत पाएको छ ।

दुई तहमा एमालेले लियो अग्रता

जिल्लाको शम्भुनाथ र सुरुङ्गा नगरपालिकामा बुधबारदेखि एमालेले अग्रता लिएको छ । शम्भुनाथमा एमालेले ७६६ मत पाएको भने लोकतान्त्रिक फोरमले ५६६ र कांग्रेसले ४२४ मत पाएको छ ।

सुरुङ्गा नगरपालिकामा पनि एमालेले अग्रता लिएको छ । एमालेले ८५९ मत पाएको छ भने फोरम लोकतान्त्रिक ६२२ वर कांग्रेसले ५०४ मत पाएको छ ।

वडामा को को निर्वाचित ?

कांग्रेसले जितेका वडाहरु
कंचनरुप नगरपालिका वडा नम्बर १ र २
डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र २
बिष्णुपुर गाउँपालिका वडा नम्बर २
बेल्ही चपेना गउँपालिका वडा नम्बर १
खडग नगरपालिका वडा नम्बर १ र २
रुपनी गाउँपालिका वडा नम्बर ६
तिलाठी कोइलाठी वडा नम्बर ७

एमालेले जितेका वडाहरु
सप्तकोशी नगरपालिका १,२,३ र ४
शम्भुनाथ नगरपालिका वडा नम्बर १
डाक्नेश्वरी नगरपालिका वडा नम्बर ९

नेपाल लोकतान्त्रिक फोरमले जितेका वडाहरु
शम्भुनाथ नगरपालिका वडा नम्बर २
छिन्नमस्ता गाउँपालिका वडा नम्बर १
सुरुङ्गा नगरपालिकाको वडा नम्बर ११

राजपाले जितेका वडाहरु
हनुमाननगर-कंकालनी नगरपालिका वडा नम्बर २
तिलाठी-कोइलाडी गाउँपालिकाको वडा नम्बर ८
डाक्नेश्वरी नगरपालिका वडा नम्बर १०

माओवादी केन्द्रले जितेका वडाहरु
सप्तकोशी नगरपालिका ५, ६, ७ र ८

फोरम नेपालले जितेका वडाहरु
डाक्नेश्वरी नगरपालिका नम्बर ४
फोरम नेपालले बोदे बर्साइन नगरपालिका वडा नम्बर १
बेल्ही चपेना गाउँपालिका वडा नम्बर २

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘टुकुचा खोला नै हो तर खोलामाथिको सम्पत्ति व्यक्तिगत हो’: उच्च अदालत पाटन
‘टुकुचा खोला नै हो तर खोलामाथिको सम्पत्ति व्यक्तिगत हो’: उच्च अदालत पाटन
कात्तिक २९ गते शुक्रबारको राशिफल यस्तो छ
नयाँ वर्षमा ओलीको सन्देश : नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गाेत्थान गरिने
निजी विद्यालयको भोलीबाट अनलाइन कक्षा बन्द
निजी विद्यालयको भोलीबाट अनलाइन कक्षा बन्द
विप्लव समूहको बन्दको प्रभाव परेन राजधानीमा
विप्लव समूहको बन्दको प्रभाव परेन राजधानीमा
बममाथि सुतेर वार्ताको कल्पना गरिन्नः सरकारका प्रवक्ता
बममाथि सुतेर वार्ताको कल्पना गरिन्नः सरकारका प्रवक्ता
पहिरो प्रभावितलाई तत्काल सहयोग हुन्छः सभामुख
तरकारीको मुल्य वृद्धि, प्याज प्रतिकेजी १२० र गोलभेडा १०० मा कारोबार
तरकारीको मुल्य वृद्धि, प्याज प्रतिकेजी १२० र गोलभेडा १०० मा कारोबार
संसद बिघटन र मध्यावधि चुनाव घोषणा यसरी रोकियो
निर्वाचनमा टिकट एक व्यक्तिले पाउने हो, नपाउनेले हराउन लाग्नु त भएन नि:  शेरबहादुर देउवा
निर्वाचनमा टिकट एक व्यक्तिले पाउने हो, नपाउनेले हराउन लाग्नु त भएन नि: शेरबहादुर देउवा

तपाईंले छुटाउनुभयो कि?