दक्षिण कोरियाले नेपाललाई दियो पाँच करोड पचास लाख

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १०, २०७५
|
|
२८ पटक हेरिएको
Shares
दक्षिण कोरियाले नेपाललाई दियो पाँच करोड पचास लाख

सारांश

  • काठमाडौं, १० असाेज।
  • दक्षिण कोरियाले नेपालको प्राविधिक तथा व्यवसायिक प्रशिक्षकहरुको क्षमता विकासका लागि पाँच करोड ५० लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ।
  • बुधबार अर्थसचिव डा.

काठमाडौं, १० असाेज। दक्षिण कोरियाले नेपालको प्राविधिक तथा व्यवसायिक प्रशिक्षकहरुको क्षमता विकासका लागि पाँच करोड ५० लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ।
बुधबार अर्थसचिव डा. राजन खनाल र नेपालका लागि दक्षिण कोरियाका राजदुत एचई पार्कले नेपालको प्राविधिक तथा व्यवसायिक प्रशिक्षकहरुको क्षमता विकासका लागि सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

दक्षिण कोरियाको ‘कोइका’ नामक अन्तराष्ट्रिय एजेन्सीमार्फत् नेपाल सरकारलाई उपलब्ध गराउने सो आर्थिक सहायता नेपालको प्राविधिक तथा व्यवसायिक शिक्षाको गुणस्तर वृद्धि गर्ने कार्यक्रममा खर्च हुने अर्थ सचिव खनालले जानकारी दिए। कार्यक्रममा बोल्दै नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्कले नेपालको सामाजिक–आर्थिक विकासमा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए। उनले व्यवसायिक तथा प्राविधिक शिक्षा विकासमा नेपालले उल्लेख्य प्रगति गर्ने विश्वास व्यक्त गरे।  दक्षिण कोरियाले नेपालको आर्थिक–सामाजिक क्षेत्रको विकासमा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ।

(https://www.cookwarejunkies.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?