रियल मड्रिडविरुद्व बार्सिलोनाको शानदार जित

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
३६ पटक हेरिएको
Shares
रियल मड्रिडविरुद्व बार्सिलोनाको शानदार जित

सारांश

  • अल क्लासिको भिडन्तमा बार्सिलोनाले १० खेलाडीमा सीमित रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा ३–० ले हराएको छ।
  • बार्सिलोनाका लागि लुइस सुवारेज, लियोनल मेसी र एलेक्स भिदालले गोल गरे ।
  • रियलको मैदान सान्टियागो वर्नावेउमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि बार्सिलोनाले दोस्रो हाफमा पुरै तीन गोल गरेको हो ।

अल क्लासिको भिडन्तमा बार्सिलोनाले १० खेलाडीमा सीमित रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा ३–० ले हराएको छ। बार्सिलोनाका लागि लुइस सुवारेज, लियोनल मेसी र एलेक्स भिदालले गोल गरे ।

रियलको मैदान सान्टियागो वर्नावेउमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि बार्सिलोनाले दोस्रो हाफमा पुरै तीन गोल गरेको हो ।

खेलको ५४औं मिनेटमा सर्जि रोबर्टोको पासमा लुइस सुवारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। इभान राकिटिकको पासमा सुआरेजले बार्सिलोनाका लागि पहिलो गोल गरेका हुन्।

रियलमाथि केही हाबी देखिएको बार्सिलोनाले ६४ मिनेटमा दोस्रो गोल गर्दै खेलको अग्रता दोब्बर पार्‍यो।

पाउलिन्होको हेडिङ डिबक्स भित्र डिफेन्डर डानी कार्भाहलले ६२ मिनेटमा हातले रोकेपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो। जसलाई लिओनल मेसीले गोलमा परिणत गरे।

यसैबीच हातले बल रोकेको भन्दै डानीले रातो कार्ड पाएका छन्। म्याड्रिड ६२ मिनेटपछि १० खेलाडीमा सिमित भएको छ।

त्यसपछि खेलको इन्जुरी समयको अन्तिम मिनेटमा मेसीको पासमा भीडालले गोल गर्दै बार्सालाई ३-० को स्पष्ट जित दिलाए।

आजको जितसँगै बार्सिलोना साबिक विजेता रियल म्याड्रिड भन्दा १४ अंकले अगाडि छ।

शीर्ष स्थानमा रहेको बार्सिलोनाको १७ खेलबाट ४५ अंक भएको छ। चौथो स्थानको रियलको १७ खेलबाट ३१ अंक मात्र छ। यस्तै ३६ अंकसहित एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ। एक खेल क खेलेको भ्यालेन्सिया ३४ अंकसहित तेस्रो स्थानमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खाडीमुलुक जाने हजारौँ युुवाहरु समस्यामा
खाडीमुलुक जाने हजारौँ युुवाहरु समस्यामा
राजापा-फोरम एकता कागजमै कुदयो, कागजमै रोकियो
राजापा-फोरम एकता कागजमै कुदयो, कागजमै रोकियो
निर्वाचन भइसकेका प्रदेशमा आचारसंहिता खुकुलो, बाँकीमा यथावत्
राष्ट्रियसभाको बैठकद्धारा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन
राष्ट्रियसभाको बैठकद्धारा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन
यसरी गरेका थिए नेपाली सेनाका अमल्दार शालिकराम बुढाथोकीले आफ्नै श्रीमती टिका बुढाथोकीको हत्या
यसरी गरेका थिए नेपाली सेनाका अमल्दार शालिकराम बुढाथोकीले आफ्नै श्रीमती टिका बुढाथोकीको हत्या
कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका थापा नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका थापा नियुक्त
कोसीटप्पु क्षेत्रमा विमानस्थल निर्माण !
कोसीटप्पु क्षेत्रमा विमानस्थल निर्माण !
सुन काण्डका नाइके ‘गोरे’ खोज्न प्रहरी इन्टरपोलमा
सुन काण्डका नाइके ‘गोरे’ खोज्न प्रहरी इन्टरपोलमा
‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’लाई साउन मसान्तसम्म निरन्तरता
‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’लाई साउन मसान्तसम्म निरन्तरता
डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमीर पुटिनबीच  गोप्य भेटवार्ता भएको खुलासा
डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमीर पुटिनबीच गोप्य भेटवार्ता भएको खुलासा

तपाईंले छुटाउनुभयो कि?