कक्षा १२ को परीक्षा आजदेखि
सारांश
- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ ।
- कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा पाँच महिनापछि सञ्चालन भएको हो ।
- परीक्षा असोज ८ गतेसम्म चल्ने छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा पाँच महिनापछि सञ्चालन भएको हो । परीक्षा असोज ८ गतेसम्म चल्ने छ ।
यस पटकको परिक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुदैछन् । परीक्षामा विद्यार्थीलाई होम सेन्टर (विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा दिने)को व्यवस्था मिलाइएको छ । परीक्षामा यस पटक चार हजार ३१५ वटा परीक्षा केन्द्र तय गरिएको छ ।
विद्यार्थीको उत्तरपुस्तिका सङ्कलन गरी बोर्डले आफ्नै तरिकाबाट परीक्षण गर्ने गत वर्षको कक्षा १२ को परीक्षामा भने उत्तरपुस्तिकाको परीक्षण परीक्षा केन्द्रमा नै गर्ने व्यवस्था मिलाइएको भएपनि यसपटक भने उत्तरपुस्तिका सङ्कलन गरी बोर्डले आफ्नै तरिकाबाट परीक्षण गर्ने तयारी रहेको छ । जारी परिक्षाको नतिजा पुससम्ममा प्रकाशन हुने छ ।
प्रतिक्रिया