इटलीमा ६ करोड मानिसलाई घरमै बस्न निर्देशन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २७, २०७६
|
|
४७ पटक हेरिएको
Shares
इटलीमा ६ करोड मानिसलाई घरमै बस्न निर्देशन

सारांश

  • बीबीसी।
  • कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न इटलीले देशभरि आपत्कालीन उपायहरू विस्तार गरेको छ।
  •  सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न कडाइ गरेको छ।

बीबीसी। कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न इटलीले देशभरि आपत्कालीन उपायहरू विस्तार गरेको छ। सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न कडाइ गरेको छ।

इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह गरेका छन्। सोमवार इटलीमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३६६ बाट बढेर ४६३ पुगेको छ। इटलीमा चीनपछि सर्वाधिक मानिस सङ्क्रमित भएका छन्।

आधिकारिक तथ्याङ्कानुसार आइतवार सङ्क्रमित मानिसको सङ्ख्या पनि २४ प्रतिशतले बढेको छ। इटलीका २० वटै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।

यसअघि सङ्क्रमण फैलिएको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारन्टीनमा राखिएको थियो। प्रधानमन्त्रीले अत्यधिक जोखिममा रहेका मानिसको सुरक्षाको निम्ति उक्त कदम उठाइएको बताए।

आफ्नो टेलिभिजन सम्बोधनमा उनले भने, "अब हामीसँग धेरै समय छैन।" प्रधानमन्त्री कोन्टेले इटलीको प्रचलन परिवर्तन हुनुपर्ने उल्लेख गर्दै सबै मानिस घरभित्रै रहनु नै उत्तम विकल्प भएको बताए।

सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या निकै बढिरहेको बताउँदै उनले भने, "हामीले इटलीको राम्रोको निम्ति केही न केही दिनैपर्छ। अब हामीले त्यो गर्नुछ। आपसी सहयोग गर्‍यौँ र अपनाइएका थप उपायहरू पालना गर्‍यौँ भने हामी त्यसमा सक्षम हुनेछौँ।"

त्यसैले आफूले सबै नागरिकको स्वास्थ्यको सुरक्षा गर्न थप कडा कदम चालेको उनको भनाइ थियो। प्रधानमन्त्रीले देशव्यापी रूपमा फुटबल लगायतका सबै खेल स्थगित गरिएको जानकारी दिए। विद्यालय र विश्वविद्यालयहरू एप्रिल ३ तारिख सम्मका निम्ति बन्द गरिएका छन्।

यसअघि एउटा समाचारपत्रलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री कोन्टेले भनेका थिए, "मैले विन्स्टन चर्चिलको पुरानो भनाइ सम्झिरहेको छु: यो हाम्रो सबैभन्दा अँध्यारो क्षण हो तर हामी सफल हुनेछौँ।" सरकारी प्रतिबन्धलाई प्रधानमन्त्रीले 'म घरभित्रै बस्छु' भन्ने अभियानको रूपमा प्रस्तुत गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हालसम्म नेपाली आकाशमा ६९ हवाई दुर्घटना,नौ सय १८ जनाको मृत्यु
हालसम्म नेपाली आकाशमा ६९ हवाई दुर्घटना,नौ सय १८ जनाको मृत्यु
ग्रीनलाइफ हाइड्रोले ल्याउँदैछ सर्वससाधारणका लागि शेयर
ग्रीनलाइफ हाइड्रोले ल्याउँदैछ सर्वससाधारणका लागि शेयर
‘प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि काँग्रेस’
‘प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि काँग्रेस’
सुषमा स्वराज उडेपछि केपी ओलीलाई कांग्रेस प्रवक्ताको यस्तो झटारो
सुषमा स्वराज उडेपछि केपी ओलीलाई कांग्रेस प्रवक्ताको यस्तो झटारो
समानुपातिक सूची तलमाथि गरी सांसद बन्न चलखेल
समानुपातिक सूची तलमाथि गरी सांसद बन्न चलखेल
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
मध्यपुरथिमिमा बिस्केट जात्रामा चार दिन बिदा
मध्यपुरथिमिमा बिस्केट जात्रामा चार दिन बिदा
यी हुन् ११ भाग्यमानी जोडीः पति पत्नी नै सांसद्
यी हुन् ११ भाग्यमानी जोडीः पति पत्नी नै सांसद्
निजी क्षेत्रले दिगो लगानीमा ध्यान दिनु राष्ट्रको आवश्यकता – राष्ट्रपति भण्डारी
निजी क्षेत्रले दिगो लगानीमा ध्यान दिनु राष्ट्रको आवश्यकता – राष्ट्रपति भण्डारी
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध