प्रमुख प्रतिपक्षले माग्यो गृहमन्त्रीको राजीनामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १०, २०७५
|
|
२० पटक हेरिएको
Shares
प्रमुख प्रतिपक्षले माग्यो गृहमन्त्रीको राजीनामा

सारांश

  • काठमाडौं, १० असाेज ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षाको प्रत्याभुति दिन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेको छ।
  •   मुलुकभर श्रृंखलावद्ध महिला हिंसा र हत्याका घटना बढ्दै गईरहदा घटनाको अनुसन्धान गर्न पनि सरकार असफल भएको भन्दै कांग्रेसले गृहमन्त्रीको राजीनामा माग गरेको हो।

काठमाडौं, १० असाेज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षाको प्रत्याभुति दिन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेको छ।  मुलुकभर श्रृंखलावद्ध महिला हिंसा र हत्याका घटना बढ्दै गईरहदा घटनाको अनुसन्धान गर्न पनि सरकार असफल भएको भन्दै कांग्रेसले गृहमन्त्रीको राजीनामा माग गरेको हो। कांग्रेसले निर्मला पन्तको हत्याको प्रमाण नष्ट गर्न राज्य शक्तिको दुरुपयोग भइरहेको तथा अध्ययन प्रतिवेदन सार्वजनिक हुन नसकेकोप्रति गम्भीर आपत्ति जनाएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषाल गौतमले मुलुकभरको हत्या हिंसाको घटना रोक्न नसक्ने गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिन्। उनले भनिन्, ‘यो सरकारले हत्या हिंसाका श्रृंखलालाई रोक्न सकेको छैन। म निवेदन गर्न चाहन्छु। यति धेरै हत्या हिंसाका घटनाहरु र महिला अस्मिता माथि लागेका प्रश्न चिन्हको जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिएर आफ्नो नैतिक उदारता देखाउनु जरुरी भइसकेको छ।’
एसिड प्रहार गरि महिलामाथि हिंसा गर्ने घटना बढ्दै गएको भन्दै उनले दिन प्रतिदिन हत्या हिंसाका घटना हुदा राज्य मौन बसेको र कुनै पनि अपराधीलाई समातेर कारवाहीको दायरामा ल्याउन नसकेकोप्रति गम्भीर आपत्ति जनाइन्।

उनले हिंसा नियन्त्रणमा प्रतिपक्षी दलले सरकारलाई जुनसुकै सहयोग गर्न तयार रहेको बताइन्। उनले महिला हिंसाका घटनालाई राजनीतिकरण नगर्न पनि सरकारको ध्यानाकर्षण गराइन्। उनले महिला विरुद्धका हिंसा र अस्मितामा प्रश्न चिन्ह खडा भएको भन्दै भनिन्, ‘सरकारले अपराधीलाई समातोस्। त्यो अपराधीले सरकारको भय त्रास डरबाट उन्मुक्ति हुन नपाओस्। त्यसको लागि प्रमुख प्रतिपक्षी दल कहाँ सहयोग गर्न सक्छ हामी सहयोग गर्न तयार छौं। महिला विरुद्धका हिंसाका घटनालाई राजनीतिकरण नगरियोस्।’ उनले दशै तिहारकोबीचमा मूल्य वृद्धि गरेर सरकारले गरिब जनताको ढाड सेक्ने काम गरेको आरोप लगाइन्। गरिब जनताले दशै तिहार नबनाउनका लागि सरकारले इन्धन, यातायात, खाद्यान्न र करको दायरा बढाएको भन्दै उनले सर्वत्र छाएको मूल्यवृद्धि आफुहरुलाई स्वीकार्य नहुने चेतावनी दिइन्।

(boxmining.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कश्मिर मुद्दामा मुस्लिम देशबाट पनि पाकिस्तानलाई निराशा !
कश्मिर मुद्दामा मुस्लिम देशबाट पनि पाकिस्तानलाई निराशा !
प्रधानमन्त्री ओलीसँग चिनियाँ प्रतिनिधिमण्डलको भेटवार्ता
प्रधानमन्त्री ओलीसँग चिनियाँ प्रतिनिधिमण्डलको भेटवार्ता
पत्नीको उपचारपछि स्वदेश फर्किए प्रचण्ड, बल्ल रोग पत्ता लाग्यो
पत्नीको उपचारपछि स्वदेश फर्किए प्रचण्ड, बल्ल रोग पत्ता लाग्यो
अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ
अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ
आज शनिबार, कस्तो छ तपाईंको राशिफल?
आज शनिबार, कस्तो छ तपाईंको राशिफल?
शुरु भयो पर्यटकीय क्षेत्रमा चहलपहल
शुरु भयो पर्यटकीय क्षेत्रमा चहलपहल
विदुर र तारकेश्वरमा एमाले तथा ककनी, शिवपुरी र तादीमा कांँग्रेसको अग्रता
विदुर र तारकेश्वरमा एमाले तथा ककनी, शिवपुरी र तादीमा कांँग्रेसको अग्रता
निर्वाचन आयोगद्धारा कल सेन्टरको शुभारम्भ, निशुल्क प्रश्न सोध्न सकिनेर दिने व्यवस्था
निर्वाचन आयोगद्धारा कल सेन्टरको शुभारम्भ, निशुल्क प्रश्न सोध्न सकिनेर दिने व्यवस्था
सडक सुरक्षा र सवारी दुर्घटना अनुसन्धान तथा रेखाचित्रण अनुशिक्षण तालिम समापन
सडक सुरक्षा र सवारी दुर्घटना अनुसन्धान तथा रेखाचित्रण अनुशिक्षण तालिम समापन
विराटनगरमा टिफर व्यवसायीहरुले गरे सडक अवरुद्ध
विराटनगरमा टिफर व्यवसायीहरुले गरे सडक अवरुद्ध

तपाईंले छुटाउनुभयो कि?