नेकपा भित्र आन्तरिक किचलो बढ्दै !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ११, २०७६
|
|
१७ पटक हेरिएको
Shares
नेकपा भित्र आन्तरिक किचलो बढ्दै !

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक किचलो बढ्दै गएको छ ।
  • पार्टी एकीकरण भएको १३ महिनापछि पुनः शीर्ष तहमा भएको सहमति लागू गर्ने कि नगर्ने भन्ने विवाद चुलिएको छ ।
  • पार्टी एकतापूर्व नै पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको आलोपालो नेतृत्व गर्ने र पार्टीको कार्य्िदशाका बारेमा भएको सहमतिलाई लिएर शीर्ष तहमा नै आशंका बढेको छ ।

नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक किचलो बढ्दै गएको छ । पार्टी एकीकरण भएको १३ महिनापछि पुनः शीर्ष तहमा भएको सहमति लागू गर्ने कि नगर्ने भन्ने विवाद चुलिएको छ । पार्टी एकतापूर्व नै पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको आलोपालो नेतृत्व गर्ने र पार्टीको कार्य्िदशाका बारेमा भएको सहमतिलाई लिएर शीर्ष तहमा नै आशंका बढेको छ ।

अध्यक्ष प्रचण्डले आलोपालो गर्ने सहमति भएको र कार्यान्वयन हुने अभिव्यक्ति दिएपछि पार्टी्िभत्र राजनीतिकरूपमा तरङ्ग ल्याएको थियो । पार्टीका नेताहरूको कार्य्िवभाजन, जनसंगठनको एकीकरण, स्थानीय तहको एकताको विषय टुंगो लाग्न नसकेर सचिवालयको बैठक लम्बिँदै आएको छ ।

कार्य्िवभाजन पनि गुटगत स्वार्थका कारण लम्बिँदै आएको छ । पार्टी एकीकरण भएको तीन महिनामा सबै एकताको काम सम्पन्न गरे पनि १३ महिना बितिसक्दासमेत पूर्णता पाउन सकेको छैन । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?