शुरु भयो पर्यटकीय क्षेत्रमा चहलपहल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ३०, २०७७
|
|
३९ पटक हेरिएको
Shares
शुरु भयो पर्यटकीय क्षेत्रमा चहलपहल

सारांश

  • दशैंँ नजिकिएसँगै त्यहाँको कालिका मन्दिरमा जाने भक्तजनको भक्तजनको भिड बढन थालेको छ ।
  • गत चैत, बैसाख, जेठ र असारमा लकडाउनका कारण मन्दिर प्रवेशमा प्रतिवन्ध लगाएकोले भक्तजनको उपस्थिति हुन पाएन ।
  • ऐतिहासिक चैतैदशै मेला पनि भएन ।

दशैंँ नजिकिएसँगै त्यहाँको कालिका मन्दिरमा जाने भक्तजनको भक्तजनको भिड बढन थालेको छ । गत चैत, बैसाख, जेठ र असारमा लकडाउनका कारण मन्दिर प्रवेशमा प्रतिवन्ध लगाएकोले भक्तजनको उपस्थिति हुन पाएन । ऐतिहासिक चैतैदशै मेला पनि भएन ।

साउनदेखि छिटफुट जाने भक्तजनले पनि पूजा गरेनन् । अहिले पनि मन्दिरमा फूल, प्रसाद र टिकाको छुट्टै व्यवस्था नगरिए पनि भक्तजनको आगमन बढ्दै आएको छ । पर्यटन मन्त्री योगेश भट्टराईले कात्तिक १ गतेदेखि देशभरका धार्मिक तीर्थस्थल खुलाउन निर्देशन गरेपछि त्यहाँका मठ मन्दिरमा चहलपहल बढेको हो । “शनिवारदेखि कालिका मन्दिर खुल्छ रे, अब पूजा गर्न जानुपर्ला” पर्वतको पाङकी यमुना शर्माले भने, “लकडाउनका कारण जान पाएकी थिइन। मन्दिर नखुल्दा धार्मिक गतिविधि पनि हुन सकेको छैन ।”

भक्तजनको चहलपहल तुलनात्मक बढ्न थालेकाले मन्दिर कसरी खुलाउने भन्ने छलफल गर्न थालिएको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले बताए । उनले भने, “सङक्रमणको समय भएकाले खुला गर्दा अप्ठ्यारो पर्छ कि भन्ने लागेको हो, अन्यत्र सबै खुला गरिएकाले मन्दिरमा सुरक्षित भएर पूजा गर्न लगाइयो भने खुला गर्न मिल्ला। प्रहरी र जिल्ला प्रशासनमा पनि यसबारे कुरा भइसकेको छ ।

विगतमा घटस्थापनादेखि उक्त मन्दिरमा सयौं भक्तजन आउने गर्थे । यो बर्ष कम भएपनि आस्था राख्नेका लागि रोक्न नसकिने अध्यक्ष खडकाले बताए ।जिल्लामा कालिका मन्दिरका साथै पञ्चकोट, शालिग्राम संग्राहलयमा पनि पर्यटक बढेका छन् । लकडाउनका कारण बन्द रहेको नेपालकै लामो झोलुङ्गे पुलमा अहिले यात्रा गर्ने बढेका कारण होटल तथा रेष्टुरेन्ट पनि सञ्चालन हुन थालेका छन् । लकडाउन खुला भएकोले व्यावसाय बढ्न थालेको होटल संघका जिल्लाअध्यक्ष अर्जुन चोखालले बताए । अझै होटलमा बस्ने गरी पाहुना आएका छैनन्, तर धार्मिक र पर्यटकीय क्षेत्र खुला छ भन्ने सन्देशले केही पाहुना आएका उनले बताए ।

खाद्य वस्तुको ब्यापारका साथै अन्य ब्यापार पनि बढ्न थालेकोे उद्योग बाणिज्य संघका महासचिव नरेश कंडेलले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन १८ पछि विदेशबाट फर्केकाको तथ्याङ्क लिइँदै
फागुन १८ पछि विदेशबाट फर्केकाको तथ्याङ्क लिइँदै
निर्वाचन आयोगद्धारा कल सेन्टरको शुभारम्भ, निशुल्क प्रश्न सोध्न सकिनेर दिने व्यवस्था
निर्वाचन आयोगद्धारा कल सेन्टरको शुभारम्भ, निशुल्क प्रश्न सोध्न सकिनेर दिने व्यवस्था
तीन पूर्वप्रधानन्यायाधीश र प्रधानन्यायाधीशदेखि सचिवसम्म सम्मानित
तीन पूर्वप्रधानन्यायाधीश र प्रधानन्यायाधीशदेखि सचिवसम्म सम्मानित
मिश्र न्यायाधीश हुँदा भ्रष्टाचारी ठहरिएका पूर्व आइजिपी बोहोराले मिश्र प्रधानन्यायाधीश हुँदा पाए सफाई
मिश्र न्यायाधीश हुँदा भ्रष्टाचारी ठहरिएका पूर्व आइजिपी बोहोराले मिश्र प्रधानन्यायाधीश हुँदा पाए सफाई
चिया निर्यातबाट बर्सेनि रु तीन करोड विदेशी मुद्रा आर्जन
चिया निर्यातबाट बर्सेनि रु तीन करोड विदेशी मुद्रा आर्जन
नारायणकाजी विजयी
नारायणकाजी विजयी
कांग्रेसको जागरण अभियान : पर्ख र हेर
कांग्रेसको जागरण अभियान : पर्ख र हेर
९० सेकेण्डमै ७७ जिल्लाका नाम सहित सदमुकाम भन्ने यी व्यक्ति (भिडियो सहित)
९० सेकेण्डमै ७७ जिल्लाका नाम सहित सदमुकाम भन्ने यी व्यक्ति (भिडियो सहित)
संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दीकाे टुङ्गाे लाग्याे, कुन प्रदेशमा कति दरबन्दी रहने ?
संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दीकाे टुङ्गाे लाग्याे, कुन प्रदेशमा कति दरबन्दी रहने ?
बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टीमा २५ सदस्यीय पदाधिकारी, को के पदमा ?
बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टीमा २५ सदस्यीय पदाधिकारी, को के पदमा ?