कमसल सामान बनाएर उपभोक्ता ठग्ने २ सय फर्म विरुद्ध मुद्दा
सारांश
- काठमाडौं ।
- सरकारले उपभोक्ता ठग्ने २ सय व्यापारिक फर्म विरुद्ध मुद्दा दर्ता गरेको छ ।
- चाउचाउ, पानी, चामल, चिया, मसला, क्यान्डी, मिठाइ, दूध, पाउरोटी, मसला, दाल, बेसन, बिस्कुट, भुजिया कम्पनीविरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ ।
काठमाडौं । सरकारले उपभोक्ता ठग्ने २ सय व्यापारिक फर्म विरुद्ध मुद्दा दर्ता गरेको छ । चाउचाउ, पानी, चामल, चिया, मसला, क्यान्डी, मिठाइ, दूध, पाउरोटी, मसला, दाल, बेसन, बिस्कुट, भुजिया कम्पनीविरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ ।
उपभोक्तालाई गुणस्तरहीन दैनिक उपभोग्य सामान बेचेर ठग्ने दुई सय व्यावसायिक फर्म तथा उद्योगविरुद्ध सरकारले मुद्दा दर्ता गरेको हो ।
उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुग्ने अखाद्य वस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग, कम्पनी, फर्मलाई कारबाही गर्न मुद्दा दर्ता गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।
विभागले बजार अनुगमनको क्रममा लिएका नमूनामा खाद्यमा कानुन विपरीत मिसाइएको भेटिएको हो । अनुगमनका क्रममा न्यून गुणस्तर र दूषित भेटिएपछि कारबाही अघि बढाएको विभागले जनाएको छ।
१३ सय ४३ नमुना संकलन गर्दा दुई सय फर्मले खाद्य ऐन विपरीत खाद्य वस्तु बिक्री–वितरण गरेको पाइएकाले मुद्दा दायर गरेको विभागले जनाएको छ । बजारबाट ल्याएको नमुनामा न्यून गुणस्तर भेटिएको थियो । त्यसपछि खाद्य ऐन बमोजिम कारबाही प्रक्रिया सुरु गरेको विभागको भनाय छ ।
अनुगमन गरिएकामा खाद्यान्न, तरकारी, फलफूल, पेय पदार्थ, तेल, पानी लगायत वस्तुमा बढी समस्या देखिएको छ। विभागले अदालतमा मुद्दा दायर गर्ने जनाएको छ। यसभन्दा अगाडि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्दै आएको थियो ।
प्रतिक्रिया