बालबालिकालाई बचाउन सचेत गराउनुपर्छ : प्रदेश प्रमुख

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ९, २०७६
|
|
४३ पटक हेरिएको
Shares
बालबालिकालाई बचाउन सचेत गराउनुपर्छ : प्रदेश प्रमुख

सारांश

  • प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले दूरगामी असरबाट बचाउन बालबालिकालाई सचेत गराउँदै लैजानुपर्ने बताउनुभएको छ ।
  • संयुक्त राष्ट्रसङ्घ बाल अधिकारसम्बन्धी महासन्धिको ३०औँ वार्षिकोत्सव एवं सिविन नेपालको ३२औँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उहाँले बालबालिकाको समस्या समाधान गर्नु सबैको दायित्वभित्र पर्छ भन्नुभयो ।
  • प्रदेश प्रमुख प्यासीले सामन्तवादी चिन्तनले बालबालिका जोखिममा पर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै बालबालिकाले आमाको गर्भदेखि समाजका हरेक क्षेत्रमा सास्ती भोगिरहेको चर्चा गर्नुभयो ।

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले दूरगामी असरबाट बचाउन बालबालिकालाई सचेत गराउँदै लैजानुपर्ने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घ बाल अधिकारसम्बन्धी महासन्धिको ३०औँ वार्षिकोत्सव एवं सिविन नेपालको ३२औँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उहाँले बालबालिकाको समस्या समाधान गर्नु सबैको दायित्वभित्र पर्छ भन्नुभयो ।

प्रदेश प्रमुख प्यासीले सामन्तवादी चिन्तनले बालबालिका जोखिममा पर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै बालबालिकाले आमाको गर्भदेखि समाजका हरेक क्षेत्रमा सास्ती भोगिरहेको चर्चा गर्नुभयो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा काम गर्ने सरोकारवालाहरुसँग छलफल गरेर बालबालिका संरक्षण ऐन ल्याउन लागेको जानकारी दिँदै बाल संरचनाहरु विद्यालयमा मात्र होइन समुदायमा पनि केन्द्रित हुनुपर्छ भन्नुभयो ।

उपसभामुख सरस्वती पोखरेलले बालबालिकाको अधिकारका लागि स्थापना भएको सङ्घसंस्था सरकारसँग हातेमालो गरेर हिँड्नुपर्ने धारणा राख्नुभयो । प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले प्रदेश योजना आयोगले विसं २०८१ भित्रमा बालश्रममुक्त प्रदेश बनाउन विभिन्न योजना बनाएको चर्चा गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य महेश रेग्मीले संविधानले बालअधिकारको पूर्ण रक्षा गरेकाले यसको व्याख्या स्थानीय तहसम्म हुनुपर्छ भन्नभयो । मोरङ प्रहरी उपरीक्षक विश्व अधिकारीले बालबालिकाको उच्चतम हित र संरक्षणमा नेपाल प्रहरी सदैव तयार रहेकामा जोड दिनुभयो ।

सिविनका अध्यक्ष माधव मानन्धर र कार्यकारी निर्देशक सुम्निामा तुलाधरले यो संस्थाले आफ्नो स्थापनाकालदेखि नै बालबालिकाको हित र संरक्षणमा लागि गरेको प्रस्ट पार्नुभयो ।

कार्यक्रममा पूर्वाञ्चल अनाथ आश्रमका सीता पोखरेल, बाल संरक्षण समूह बूढीगङ्गाका सुस्मिता क्रृषिदेव र सिविनका सदस्य डा गोविन्द सुवेदीले बालबालिका अधिकार स्थापित नहुन्जेल मुलुकमा समृद्धि नआउने बताउनुभयो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘कांग्रेसमा विपत आउँदैछ, स्थानीय चुनाव खतराको घण्टी हो’
‘कांग्रेसमा विपत आउँदैछ, स्थानीय चुनाव खतराको घण्टी हो’
चुनावी सुरक्षाबारे छलफल गर्न निर्वाचन आयोगले सुरक्षा प्रमुखलाई बोलायो
चुनावी सुरक्षाबारे छलफल गर्न निर्वाचन आयोगले सुरक्षा प्रमुखलाई बोलायो
‘चारपटक प्रधानमन्त्री हुनुभयो भनेर पूजा गर्न सकिँदैन’ पौडेल यसरी कड्किए
‘चारपटक प्रधानमन्त्री हुनुभयो भनेर पूजा गर्न सकिँदैन’ पौडेल यसरी कड्किए
राष्ट्रपति पौडेलको दशैंको टिका (तस्बिरसहित)
राष्ट्रपति पौडेलको दशैंको टिका (तस्बिरसहित)
अनुसन्धान गर्ने प्रहरीलाई नै निलम्बनको माग
अनुसन्धान गर्ने प्रहरीलाई नै निलम्बनको माग
प्रदेश २ को सरकारमा तीन राज्यमन्त्री थपिने
प्रदेश २ को सरकारमा तीन राज्यमन्त्री थपिने
समृद्धिका लागि चियाखेती र पर्यटन
समृद्धिका लागि चियाखेती र पर्यटन
गोरेको वयान: अंडरवर्ल्ड डन दाउद इब्राहिमका मान्छेले सुनमा लगानी गरेका छन !
गोरेको वयान: अंडरवर्ल्ड डन दाउद इब्राहिमका मान्छेले सुनमा लगानी गरेका छन !
प्रधानमन्त्रीको भारत भ्रमणः के के भए सहमति र सम्झौता?
प्रधानमन्त्रीको भारत भ्रमणः के के भए सहमति र सम्झौता?
के पी ओलीलाई ६ करोड दिएको भन्ने खबर चुनावी प्रपोगाण्डा मात्र- पुर्वमन्त्री महेश बस्नेत (भिडियो सहित )
के पी ओलीलाई ६ करोड दिएको भन्ने खबर चुनावी प्रपोगाण्डा मात्र- पुर्वमन्त्री महेश बस्नेत (भिडियो सहित )