सुरक्षा निकायको चुस्त परिचालन आवश्यक – गृहमन्त्री थापा

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २०, २०७४
|
|
२२ पटक हेरिएको
Shares
सुरक्षा निकायको चुस्त परिचालन आवश्यक – गृहमन्त्री थापा

सारांश

  • काठमाडौँ, २० फागुन , गृहमन्त्री रामबहादुर थापाले मुलुकको सुरक्षा अवस्था विशिष्ट मोडमा रहेको भन्दै यस घडीमा सुरक्षा निकायको चुस्त परिचालन अत्यन्तै महत्वपूर्ण हुने बताउनुभएको छ ।
  • सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित सिसं २ कमाण्ड तथा स्टाफ तालीमको दीक्षान्त समारोहलाई यहाँ आज सम्बोधन गर्दै गृहमन्त्री थापाले फौजमा नेतृत्वको निर्णय क्षमता एवं कार्यक्षेत्रमा त्यसको प्रभावकारी कार्यान्वयनबाट मात्र सोचेको सफलता हासिल हुने बताउनुभयो ।
  • जनताले परिवर्तित अवस्थाको अनुभूति राष्ट्रसेवकको पेशागत दक्षता तथा व्यवहारबाट अनुभूत गर्न पाउनुपर्ने गृहमन्त्रीको भनाइ थियो ।

काठमाडौँ, २० फागुन , गृहमन्त्री रामबहादुर थापाले मुलुकको सुरक्षा अवस्था विशिष्ट मोडमा रहेको भन्दै यस घडीमा सुरक्षा निकायको चुस्त परिचालन अत्यन्तै महत्वपूर्ण हुने बताउनुभएको छ ।

सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित सिसं २ कमाण्ड तथा स्टाफ तालीमको दीक्षान्त समारोहलाई यहाँ आज सम्बोधन गर्दै गृहमन्त्री थापाले फौजमा नेतृत्वको निर्णय क्षमता एवं कार्यक्षेत्रमा त्यसको प्रभावकारी कार्यान्वयनबाट मात्र सोचेको सफलता हासिल हुने बताउनुभयो ।

जनताले परिवर्तित अवस्थाको अनुभूति राष्ट्रसेवकको पेशागत दक्षता तथा व्यवहारबाट अनुभूत गर्न पाउनुपर्ने गृहमन्त्रीको भनाइ थियो ।

त्यसका लागि आफू जनताको ‘शासक हैन सेवक’ भन्ने मान्यता राखी नेपाली जनताको सेवामा समर्पित हुन उहाँले आग्रह गर्नुभयो ।

स्टाफ कलेजको दोस्रो ‘ब्याच’का रुपमा आज दीक्षित भएका सशस्त्र प्रहरी नायब उपरीक्षकलाई बधाई एवं शुभकामना दिँदै तालीममा आर्जन गरेको ज्ञान एवं क्षमतालाई कार्यक्षेत्रमा सफलतापूर्वक सदुपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “लामो तथा कठिन तालीमपश्चात् गतिशील विश्वमा देखा परिरहने विभिन्न आयामको सूक्ष्म अध्ययन एवं नेपाली समाजमा देखा परेका एवं भोलिका दिनमा देखा पर्नसक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको विश्लेषण गर्दै चुस्त सुरक्षा योजना एवं उचित कार्यान्वयन गरी देश तथा जनताको सेवा र सुरक्षामा तपाइँहरुले विशिष्ट योगदान पु¥याउनु हुनेछ भन्ने विश्वास लिएको छु ।”

कार्यक्रम त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा तीर्थराज खनियाँ र सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले आज दीक्षित भएकाले प्राप्त गरेको ज्ञान र शीपले कार्यक्षेत्रमा सफल परिणाम ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा दीक्षित भएका प्रशिक्षार्थी तथा उत्कृष्ट प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?