युथ एसिया कपः नेपाल द्वारा अफगानिस्तान सामु १३२ रनकाे लक्ष्य पेश !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १५, २०७५
|
|
३४ पटक हेरिएको
Shares
युथ एसिया कपः नेपाल द्वारा अफगानिस्तान सामु १३२ रनकाे लक्ष्य पेश !

सारांश

  • काठमाडौँ, १५ असोज ।
  • बंगलादेशमा जारी १९ वर्ष मुनीको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग खेलिरहेको छ ।
  • टस जितेर पहिले ब्याटिङ् गरेको नेपाल १ सय ३१ रन बनाएर अल अाउट भएकाे छ ।

काठमाडौँ, १५ असोज । बंगलादेशमा जारी १९ वर्ष मुनीको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग खेलिरहेको छ । टस जितेर पहिले ब्याटिङ् गरेको नेपाल १ सय ३१ रन बनाएर अल अाउट भएकाे छ ।

८१ रन मै आफ्नो पहिलो ७ विकेट गुमाएको नेपालकाे पारी केहीबेर रोहित कुमार पौडेल र रसिद खानले सम्हालेका थिए । अाउट हुनुअघि  रोहितले व्याक्तिगत  ४९ रन बनाएका थिए भने रसिदले २९ रन बनाएका थिए । तीन खेलाडीले खाता नै नखाेली अाउट हुँदा ३९ अाेभरमा १ सय ३१ रन बनाएर समेटिएकाे थियाे । अफगानिस्तानका लागि अजमतुल्लाह अाेमरजाइले एक्लै ४ विकेट लिए ।

युथ एसिया कपको अघिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा अफगानिस्तानसँग पराजित भएको थियो । भने विजेता पनि अफगानिस्तान नै थियाे ।

आफ्नो पहिलो खेलमा पराजय व्यहोरेको नेपाललाई सेमिफाइनल पुग्नका लागि यो खेल जित्नै पर्ने दबाब छ । नेपाल पहिलो खेलमा भारतसँग १ सय ७१ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

समूह ए मा दुवै खेल जितेर भारत शिर्ष स्थानमा रहेको छ भने अफगानिस्तान एक विजय सहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै दुवै खेल हारेको युएइ अन्तिम स्थानमा र एक खेलमा पराजित भएको नेपाल तेस्रो स्थानमा रहेको छ । दुवै समूहका शिर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?