रोनाल्डो र उनलाई बलात्कारको आरोप लगाउने क्याथरिनकाे यस्ताे भिडियो बाहिरिए पछि…
सारांश
- अमेरिकी नागरिक क्याथरिन मोयार्गाले फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई बलात्कार गरेको आरोप लगाएकी छन्।
- तर रोनाल्डोले क्याथरिनको आरोप अस्वीकार गर्दै आएका छन्।
- यस मुद्दालाई अमेरिकी लास भेगस प्रहरीले अनुसन्धान गर्ने बताएको छ।
अमेरिकी नागरिक क्याथरिन मोयार्गाले फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई बलात्कार गरेको आरोप लगाएकी छन्। तर रोनाल्डोले क्याथरिनको आरोप अस्वीकार गर्दै आएका छन्। यस मुद्दालाई अमेरिकी लास भेगस प्रहरीले अनुसन्धान गर्ने बताएको छ। यद्यपी रोनाल्डोले अनुसन्धान गर्नुपर्ने कुनै जरुरी नभएको बताएका छन्। सन् २००९ मा म्यानचेस्टर यूनाइटेडमा आवद्ध रोनाल्डो छुट्टी मनाउन लास भेगस पुगेका थिए। जर्मन म्यागेजिन स्पाइगलका अनुसार सोही क्रममा रोनाल्डोले क्याथरिनमाथि बलात्कार गरेका थिए।
त्यसबेला क्याथरिनले बलात्कार भएको मुद्दासमेत लगाएकी थिइन्। यद्यपी क्याथरिनले आरोपितको नाम, ठेगाना पहिचान बताउन नसकेपछि त्यस मुद्दा त्यही सेलाएको प्रहरीको भनाइ रहेको छ। सन् २०१० मा वकिलको सहायतामा रोनाल्डोले क्याथरिन्लाई ३ लाख ७५ हजार अमेरिकी डलर दिएपछि क्याथरिन्ले करिब ९ वर्ष यस घटनालाई लुकाइन्। यद्यपी यतिबेला उनले रोनाल्डोविरुद्ध आफूलाई न्याय हुनुपर्ने आवाज उठाइ रहेकी छन्।
सन् २००९ मा लास भेगसको नाइट क्लबमा दुवै यसरी नाचेका थिए:
https://youtu.be/1IlTcntDaME
प्रतिक्रिया