टेरामक्स प्रविधि खरिद प्रक्रियाका कागजात पेश गर्न लेखा समितिको सरकारलाई निर्देशन

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २७, २०८०
|
|
३५ पटक हेरिएको
Shares
टेरामक्स प्रविधि खरिद प्रक्रियाका कागजात पेश गर्न लेखा समितिको सरकारलाई निर्देशन

सारांश

  • काठमाडौं।
  • प्रतिनिधिसभा अन्तर्गको सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा अहिलेकासम्मका कागजात पेश गर्न सरकारलाई निर्देशन दिएको छ।
  • सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अहिलेकासम्मका कागजात र निर्णयहरुको प्रमाणीत प्रतिलिपी सात दिनभित्र समितिमा पेश गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो।

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गको सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा अहिलेकासम्मका कागजात पेश गर्न सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अहिलेकासम्मका कागजात र निर्णयहरुको प्रमाणीत प्रतिलिपी सात दिनभित्र समितिमा पेश गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो।

बैठकले दुरसञ्चार सेवा प्रदायहरुले तिर्न बाँकी कर, राजस्व र दायित्व तीन महिनाभित्र असुल उपर गर्न सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ भने निर्धारित समयभित्र राजस्व नतिर्ने सेवा प्रदायकहरुलाई कारवाहीको दायरामा ल्याइ त्यसको जानकारी समितिमा उपलव्ध गराउन निर्देशन दिइएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।

बैठकले ग्रामिण दुरसञ्चार कोष अन्तर्गतका योजनाहरु सुस्त रहेको पाइएको र सूचना राजमार्गमा अप्टीकल फाइबर बिच्छाउने कार्यले अपेक्षित गति लिन नसकेको भन्दै शिघ्र उक्त कार्य सम्पन्न गर्न पनि निर्देशन दिइएको उनले बताए। बैठकले प्रतिष्पर्धाका कारण विश्व दुरसञ्चार सेवामा शुल्क घटेपनि नेपालमा घट्न नसकेकाले गुणस्तरीय सेवा न्यून शुल्कमा उपलव्ध गराउन पनि बैठकले निर्देशन दिएको पोखरेलले जनाए।

त्यस्तै समितिले बैठकले स्मार्ट टेलिकमको लाइसेन्स बिक्रिको कार्य गैरकानूनी तवरले भइरहेको जानकारी आएका हाललाई उक्त कम्पनीको लाइसेन्स बिक्रि कार्यलाई स्थगीत राख्न र यससम्बन्धी कागजात समितिलाई उपलव्ध गराउन पनि सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Kapil Sharma spotted with a bulging belly at a supermarket in Amsterdam, looks totally unrecognizable!
Kapil Sharma spotted with a bulging belly at a supermarket in Amsterdam, looks totally unrecognizable!
भदौ १ गते आइतबारको राशिफल यस्तो छ
‘चुम्बन विवाद’मा फिफाद्वारा स्पेनका फुटबल प्रमुख निलम्बन
‘चुम्बन विवाद’मा फिफाद्वारा स्पेनका फुटबल प्रमुख निलम्बन
Bangladeshi Prime Minister arrives
Bangladeshi Prime Minister arrives
दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुनुपर्ने तर सामान्य गाडी चलेजस्तो बजेट अायाे: बाबुराम भट्टराई
दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुनुपर्ने तर सामान्य गाडी चलेजस्तो बजेट अायाे: बाबुराम भट्टराई
गास कटाएर कुवेतबाट दिलबहादुर घर्तीलाई बचाउन १ लाख २७ हजार सहयोग
गास कटाएर कुवेतबाट दिलबहादुर घर्तीलाई बचाउन १ लाख २७ हजार सहयोग
उपत्यकापछि मोफसलका शहरहरुमा पनि धमाधम डिजिटलाइज, नेपालगञ्जमा एनालग सिग्नल बन्द
उपत्यकापछि मोफसलका शहरहरुमा पनि धमाधम डिजिटलाइज, नेपालगञ्जमा एनालग सिग्नल बन्द
संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ : सभामुख, अग्निप्रसाद सापकोटा
संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ : सभामुख, अग्निप्रसाद सापकोटा
Mostbet официальный сайт Сайт конторы Мостбет ставки на спорт онлайн Мостбет букмекерская компания и казино, официальный сай
फागुन २७ गते शुक्रवारको राशिफल यस्तो छ
फागुन २७ गते शुक्रवारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?