प्रचण्ड सुध्रिने संकेत, कम्युनिष्ट बन्न नसकेको स्वीकारोक्ति

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ६, २०७६
|
|
१८ पटक हेरिएको
Shares
प्रचण्ड सुध्रिने संकेत, कम्युनिष्ट बन्न नसकेको स्वीकारोक्ति

सारांश

  • काठमाडौं।
  • नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनवादी क्रान्तिको मुलभूत उद्देश्य सकेर आफूहरु समाजवादतर्फ यात्रामा अगाडि बढिरहेको बताएका छन्।
  • पार्टीकी नेतृ साहना प्रधानको पाँचौं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई पार्टी मुख्यालय धुम्बाराहीमा सम्बोधन गर्दै प्रचण्डले अब विचार, राजनीति, संगठन र विचारको आचरण के हुने भन्ने विषयमा प्रष्ट हुने चुनौती आएको बताए ।

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनवादी क्रान्तिको मुलभूत उद्देश्य सकेर आफूहरु समाजवादतर्फ यात्रामा अगाडि बढिरहेको बताएका छन्। पार्टीकी नेतृ साहना प्रधानको पाँचौं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई पार्टी मुख्यालय धुम्बाराहीमा सम्बोधन गर्दै प्रचण्डले अब विचार, राजनीति, संगठन र विचारको आचरण के हुने भन्ने विषयमा प्रष्ट हुने चुनौती आएको बताए । प्रचण्डले पार्टी एकता गर्नु अगाडि प्रतिस्पर्धामा प्रवेश गरेपछि शासन सत्तामा पुग्ने आधार तयार भएर शासन सत्तामा पुगेको उल्लेख गर्दै भने ‘कता कता हामी आदर्श, विचार र निष्ठाबाट विस्तारै थाहा नै नपाइ स्खलित हुँदै जाने क्रम सुरु भयो।’ प्र

चण्डले पार्टीको नाम अहिले पनि कम्युनिष्ट पार्टी नै भएको बताउँदै प्रश्न गरे ‘तर साँच्चै हामी अहिले कम्युनिष्ट जस्तै छौं त ?’ प्रचण्डले आफूहरुभित्रकै कमजोरी खोज्नुपर्नेतर्फ संकेत गर्दै भन्नका लागि समाजवादीको यात्रा सुरु गर्ने भने पनि ‘के हामी समाजवादीको यात्राका लागि योद्धा जस्तै छौं त ? या हामी विस्तारै विस्तारै कांग्रेस जस्ता वा हिजोको निरंशुकताका जस्ता पदको निम्ति जनतालाई भेद गर्न त थालेका छैनौं?’ भनी प्रश्न गरे ।

कम्युनिष्ट समानताका लागि, गरिबका निम्ति, समाजका निम्ति भनेर जनताले भोट दिएको बताउँदै प्रचण्डले आचरण हेर्दा हिजोको पंचायतजस्तै देखिएको टिप्पणी गरे । हिजोका दिनमा जनवादी क्रान्ति गर्नुपर्ने आवश्यकता देखिँदा त्यसका लागि आचरण निष्ठा र आदर्श प्रदर्शन गरेको बताउँदै उनले जनताले आफूहरुलाई भरोसा पनि गरेर क्रान्ति पनि भएको स्मरण गरे । अब समाजवादको आधार निर्माण गर्ने वा समाजवादी क्रान्तिको लागि आवश्यक पर्ने विचारको स्पष्टतामा कमी भएको उल्लेख गरे ।

विचार अनुसारको आचरण व्यवहार र क्रियाकलाप हुनेतिर अगाडि बढेको छ कि वर्ग विभेदलाई मेटेर वर्ग समन्वयतर्फ अघि बढिएको छ भन्ने आजको मुख्य प्रश्न भएको उनले बताए । अहिले अर्को एउटा अभियान, अर्को एउटा मिशन र त्यो मिशन पूरा गर्न सम्पूर्ण तागत लगाउने समय भएको प्रचण्डको भनाइ थियो। संकल्प र एकता तयार गर्न विशाल फौज निर्माण गर्ने र अगाडि जाने आवश्यकता भएको प्रचण्डले बताए । यसो हुन नसकेमा पूर्वी युरोपका पार्टीभन्दा धेरै फरक नहुने चेतावनी दिए ।

हिजोका राजा महाराजाले पनि विकासको मूल फुटाउने कुरा गरेको भन्दै प्रचण्डले भने ‘विकासको मूल त फुटेन अर्कै फुटयो।’ नेकपालाई भरोसा गर्ने करोडौं जनता भएको र ती जनताले नेकपालाई भरोसा गरेर यो ठाउँमा ल्याइपुर्याएको भन्दै प्रचण्डले यो सानो कुरा नभएको बताए । ‘नेतृत्वले पनि कम्म्युनिष्ट आन्दोलनकै भविष्यका लागि भनेर, राष्ट्र र राष्ट्रिय एकताका लागि भनेर एकता गरेको हो’ प्रचण्डले भने ‘हामीले पद र प्रतिष्ठाका लागि तँछाड र मछाड गरौं गुट नै गुट बनाऔं भनेर एकता गरिएको होइन । एउटा नयाँ आदर्शतिर जानुपर्छ भनेर एकता गरिएको उल्लेख गर्दै उनले भने ‘आफू र व्यक्तिका लागि भएका कुरा त्यागौं। तर कम्युनिष्ट आन्दोलनलाई नयाँ निष्कर्षमा पुर्याऔं।’

(hopeclinical.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?