दाङमा नेकपा कार्यदलको पहिलो बैठक, यस्तो भयो निर्णय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
१८ पटक हेरिएको
Shares
दाङमा नेकपा कार्यदलको पहिलो बैठक, यस्तो भयो निर्णय

सारांश

  • दाङ, २२ असोज ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङको पहिलो एकता कार्यदल बैठक सोमवार बसेको छ ।
  • बैठकले दशैं, तिहार र छठ पर्वको अवसरमा आगामी कार्तिक ६ गते घोराहीमा चियापान कार्यक्रम गर्ने निर्णय गरेको छ ।

दाङ, २२ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङको पहिलो एकता कार्यदल बैठक सोमवार बसेको छ ।

बैठकले दशैं, तिहार र छठ पर्वको अवसरमा आगामी कार्तिक ६ गते घोराहीमा चियापान कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले पार्टी कार्यालय घोराही भरतपुरस्थित नेत्र गुम्रास्मृति भवनलाई तोक्ने निर्णय गरेको छ । यसअघि एमालेको पार्टी कार्यालय रहेको भवनमा नै अब नेकपा दाङको पनि पार्टी कार्यालय हुनेछ ।

पहिलो बैठकमा कार्यदल सदस्यहरुबीच परिचयात्मक कार्यक्रम गरिएको थियो । बैठकले पार्टी केन्द्र र प्रदेशले पठाएका सर्कुलर अध्ययन गर्ने र आवश्यक गृहकार्य गरी चाँडै अर्को बैठक बस्ने निर्णय गरेको कार्यदल सदस्य तुलसीराम पुन ‘सुवास’ले जानकारी दिए ।

नेकपाका प्रदेश कमिटी सचिव जगप्रसाद शर्मा “अपार”को उपस्थितिमा बैठक बसेको हो । एकता कार्यदलमा टीकाराम खड्का, शिवकुमार आचार्य, तुलसीराम पुन र रामजी चौधरी रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?