भव्यरूपमा शुरु हुँदैछ भक्तपुरमा भ्रमण वर्ष २०२०

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १३, २०७६
|
|
५२ पटक हेरिएको
Shares
भव्यरूपमा शुरु हुँदैछ भक्तपुरमा भ्रमण वर्ष २०२०

सारांश

  • भक्तपुर।
  • सरकारले एक वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ शुरु गर्न लागेको नेपाल भम्रण वर्ष (भिजिट नेपाल) २०२० शुरु हुन तीन दिन मात्रै बाँकी छ।
  • यो समयमा भक्तपुरले पनि भ्रमण वर्षको भव्य स्वागत गर्दै विभिन्न कार्यक्रम गर्ने भएको छ।

भक्तपुर। सरकारले एक वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ शुरु गर्न लागेको नेपाल भम्रण वर्ष (भिजिट नेपाल) २०२० शुरु हुन तीन दिन मात्रै बाँकी छ। यो समयमा भक्तपुरले पनि भ्रमण वर्षको भव्य स्वागत गर्दै विभिन्न कार्यक्रम गर्ने भएको छ।

नेपाल भ्रमण वर्ष सफल पार्न जिल्लाका चारवटै नगरपालिकाले आ–आफ्नो योजना अघि सारेका छन् भने निजी क्षेत्रले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्ने तय गरेका छन्। भ्रमण वर्षलाई स्वागत गर्दै सफल पार्न विभिन्न कार्यक्रको शुरुआत भइसकेको छ। ‘भ्रमण वर्षको पहिलो सूर्योदय नगरकोटमा’ भन्ने नाराका साथ जनवरी १ अर्थात् आगामी बुधबार १६ गते नगरकोटबाट बिहान सूर्योदयसँगै भ्रमण वर्षको स्वागत गरिने भएको छ।

नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा रहेको भक्तपुरमा जिल्लास्तरीय सहजीकरण तथा आयोजक समितिले विभिन्न कार्यक्रम तय गरेको छ। भ्रमण वर्ष सन् २०२० को स्वागत गर्न सन् २०१९ को अन्तिम साँझ भक्तपुर नगरपालिकाले पाँचतले मन्दिरमा दीप प्रज्वलन गर्ने भएको छ। त्यसैगरी ‘सन् २०२० को पहिलो सूर्योदयलाई नगरकोट’ भन्ने नाराका साथ नगरकोटमा स्वागत गर्ने कार्यक्रम तय गरेको छ।

सन् २०२० मा भक्तपुर प्रवेश गर्ने पहिलो विदेशी पाहुनालाई विशेष स्वागत एवं सम्मानको गरिने भएको छ। समितिले पर्यटकीय गन्तव्यको पहिचान गर्ने र बढीभन्दा बढी पर्यटक भित्र्याउन कार्यक्रम गर्ने तय गरेको जिजस प्रमुख एवं समितिका अध्यक्ष नवराज गेलालले जानकारी दिए।

यता भक्तपुर नगरपालिकाले जनवरी १ का दिन भक्तपुर नगरपालिकाको नगर प्रवेश गर्ने पर्यटकलाई स्वागत गरेर भ्रमण वर्ष अभियानको शुरुआत गर्ने नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी चैत ४ गतेदेखि ८ गतेसम्म भक्तपुर महोत्सव २०७६ गर्ने जानकारी दिँदै उनले रात्रिकालीन पर्यटन विकास गर्न पर्यटकीय क्षेत्र तथा सम्पदास्थलमा सोलार र बिजुली बत्तीको व्यवस्था गरेको, पर्यटक बसपार्क, पर्यटक सूचना केन्द्र, पर्यटकका लागि स्तरीय शौचालय निर्माण गरिसकेको बताए। नगरपालिकाले भ्रमण वर्षको पूर्वसन्ध्यामा रात्रिकालीन सम्पदा भ्रमणसमेत गर्ने भएको छ।

त्यसैगरी नगरकोट नाल्दुम पर्यटन विकास समितिले शनिबार भक्तपुरको चाँगुनारायण मन्दिरबाट नगरकोटसम्म पदयात्रा गरेको छ। भ्रमण वर्षको प्रचारप्रसार स्वरूप समितिले पदयात्रा गरेको हो भने पर्यटन वर्षलाई लक्षित गरी तीनदिने नगरकोट महोत्सवसमेत आयोजना गर्ने भएको छ।

यता सूर्य्विनायक नगरपालिकाले शिव परिपथ पदमार्ग निर्माण गर्ने भएको छ भने गुण्डु, अनन्तलिङ्गेश्वर, रानीकोट, घ्याम्पेडाँडा, सिपाडोल, नैचाल, आशापुरी हँुदै चित्तपोलको कैलाश महादेवसम्मको क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै अभियान सञ्चालन गर्ने भएको नगरप्रमुख वासुदेव थापाले जानकारी दिए। साथै रानीकोट क्षेत्रमा दृश्यावलोकन स्तम्भसमेत बनाउने भएको छ । यहाँ पदमार्ग निर्माणका साथै निजी क्षेत्रबाट जीप राइडिङ, बञ्जीजम्प, प्याराग्लाइलिङ सञ्चालन गर्ने र होटलमा छुटको व्यवस्था गर्ने भएको व्यवसायी विज्ञान राईले जानकारी दिए।

यता मध्यपुरथिमि नगरपालिकाले सम्पदा संरक्षण गर्दै पर्यटकलाई सम्पदा अवलोकन र परम्परागत विभिन्न पेशाहरुको प्रवद्र्धन तथा अवलोकन गराउने भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए। चाँगुनारायण नगरपालिकाले चाँगुनारायणबाट नगरसम्म सम्पदा एवं प्राकृतिक सौन्दर्यको अवलोकन गराउने, पदयात्रा गराउने, पर्यटकको बसाइँ लम्ब्याउने कार्यक्रम ल्याउने गरी तयारी गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए। भक्तपुरमा स्थानीय तहदेखि निजी क्षेत्रसमेत सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष सफल पार्न कार्यक्रम तय गर्दै सार्वजनिक गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाक्टरहरु हड्तालमा, स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द
डाक्टरहरु हड्तालमा, स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द
‘मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रको निर्वाचन’
‘मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रको निर्वाचन’
न्युजिल्याण्डलाई हराउँदै भारत एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा
न्युजिल्याण्डलाई हराउँदै भारत एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा
प्रत्यक्षतर्फका मतपत्र आयोगले आजदेखि छाप्ने
प्रत्यक्षतर्फका मतपत्र आयोगले आजदेखि छाप्ने
अवैध मुद्रासहित बंगलादेशी नागरिक प्रहरीको नियन्त्रणमा
अवैध मुद्रासहित बंगलादेशी नागरिक प्रहरीको नियन्त्रणमा
योगी आदित्यनाथ आउने भएपछि जनकपुरको सुरक्षा व्यवस्था कडा
योगी आदित्यनाथ आउने भएपछि जनकपुरको सुरक्षा व्यवस्था कडा
न्यूनटनको चालसम्बन्धी तेस्रो नियम असफल बनाउने काे हुन यी नेपाली युवा वैज्ञानिक ?
न्यूनटनको चालसम्बन्धी तेस्रो नियम असफल बनाउने काे हुन यी नेपाली युवा वैज्ञानिक ?
कालीगण्डकी करिडोर : दुई मोटरेबल पुल निर्माण
कालीगण्डकी करिडोर : दुई मोटरेबल पुल निर्माण
राजु गिरी प्रोडक्सन नयाँ चलचित्र बनाउने तयारीमा
राजु गिरी प्रोडक्सन नयाँ चलचित्र बनाउने तयारीमा
क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरसको संक्रमणपछि दम्पत्ति क्वारेन्टाइनमा
क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरसको संक्रमणपछि दम्पत्ति क्वारेन्टाइनमा