भेडीखर्के साइँलाको शालिक अनावरण

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १५, २०७५
|
|
३४ पटक हेरिएको
Shares
भेडीखर्के साइँलाको शालिक अनावरण

सारांश

  • बेँसीशहर, १५ असोज ।
  • ठाडोभाका शिरोमणि स्व भेडीखर्के साइँला (दीर्घनाथ अधिकारी) को अर्धकदको शालिक अनावरण गरिएको छ ।
  • लमजुङको सुन्दरबजार नगरपालिका–६, मा रहेको लक्ष्मीनारायण मन्दिर परिसरमा उहाँको शालिक अनावरण गरिएको हो ।

बेँसीशहर, १५ असोज । ठाडोभाका शिरोमणि स्व भेडीखर्के साइँला (दीर्घनाथ अधिकारी) को अर्धकदको शालिक अनावरण गरिएको छ ।लमजुङको सुन्दरबजार नगरपालिका–६, मा रहेको लक्ष्मीनारायण मन्दिर परिसरमा उहाँको शालिक अनावरण गरिएको हो । आइतबार राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई ‘ब्याकुल माइँला’ले स्व साइलाको शालिकको अनावरण गर्नुभयो । अनावरण गर्दै उहाँले ठाडोभाका संरक्षणमा साइँलाको उच्च योगदान रहेको बताउनुभयो ।

रु दुई लाख ५० हजारको लागतमा अर्धकदको शालिक र रु तीन लाख ५० हजारको लागतमा सालिक राख्ने ठाउँ गरी कूल रु छ लाखको लागतमा साइलाको शालिक निर्माण गरिएको हो । काठमाडौँ–१३ का मूर्तिकार राजु तुलाधरले साइलाको मूर्ति निर्माण गर्नुभएको भेडीखर्के साइला स्मृति प्रतिष्ठानका अध्यक्ष शम्शेर लौडारीले बताउनुभयो । घरदैलो अभियान सञ्चालन गरी मूर्ति स्थापना गरिएको हो, उहाँले भन्नुभयो ।भेडीखर्के साइँला स्मृति प्रतिष्ठान लमजुङ सुन्दरबजारको पहल तथा विभिन्न सहयोगी व्यक्ति तथा सङ्घसंस्थाको सहयोगमा साइँलाको शालिक निर्माण गरिएको हो । शालिक अनावरणकै अवसरमा ठाडोभाका समेत प्रस्तुत गरिएको थियो ।

पिता बलभद्र अधिकारी र माता नन्दकुमारी अधिकारीका साइला छोरा हुन् । सानो छँदा पिताको भेडीखर्कमा हुर्किए । दीर्घराज अधिकारीले ठाडो भाका गीत गाएर हिँड्न थालेपछि श्रोता र दर्शकले भेडीखर्के साइला भन्न थाले । सुन्दरबजार नगरपालिका–११ सिन्दुरे तुर्लुङकोटमा विसं १९९० भदौ २९ गते शुक्रबार जन्मिनुभएका भेडीखर्के साइँलाको ८४ वर्षको उमेरमा २०७४ भदौ २६ गते निधन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिला विमानस्थल पुग्ने सडक मर्मत गर्नुस् : मन्त्री श्रेष्ठ
पहिला विमानस्थल पुग्ने सडक मर्मत गर्नुस् : मन्त्री श्रेष्ठ
प्रचण्डले हिन्दी भाषामा भाषण गरेपछि चन्द्र भण्डारीले भने ‘अब उतै गएर बसे हुन्छ’
प्रचण्डले हिन्दी भाषामा भाषण गरेपछि चन्द्र भण्डारीले भने ‘अब उतै गएर बसे हुन्छ’
अमेरिकामा गोली चल्दा ५ जनाको मृत्यु !
अमेरिकामा गोली चल्दा ५ जनाको मृत्यु !
युद्धविराम वार्ताका लागि हमास प्रमुख इजिप्ट जाने
युद्धविराम वार्ताका लागि हमास प्रमुख इजिप्ट जाने
प्रधानमन्त्रीको उम्मेदवारी दर्ता भोलि, निर्वाचन आइतबार
प्रधानमन्त्रीको उम्मेदवारी दर्ता भोलि, निर्वाचन आइतबार
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारेमा त्रिवि शिक्षण अस्पतालले जारी गर्‍यो विज्ञप्ति !
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारेमा त्रिवि शिक्षण अस्पतालले जारी गर्‍यो विज्ञप्ति !
जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न मन्त्रीको निर्देशन
जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न मन्त्रीको निर्देशन
विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थपियो
विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थपियो
आयल निगमको स्वचालित मुल्य प्रणालीमा फेरि ब्रेक
आयल निगमको स्वचालित मुल्य प्रणालीमा फेरि ब्रेक
भरतपुर-माडी आवत जावत गर्दा निकुञ्जमा लाग्ने दस्तुर हट्यो
भरतपुर-माडी आवत जावत गर्दा निकुञ्जमा लाग्ने दस्तुर हट्यो