नेकपाको जिल्लामा एकीकरण यसरी शुरु भयो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
नेकपाको जिल्लामा एकीकरण यसरी शुरु भयो

सारांश

  • काभे्रपलाञ्चोक ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्लास्तरीय नेतृत्व बन्न समय लाग्ने देखिएपछि जिल्ला पार्टी कार्यालयले पूर्व एमाले र माओवादी केन्द्रका पदाधिकारी रहेको जिल्ला कमिटी घोषणा गरेको छ ।
  • नेकपा स्थायी कमिटी सदस्य एवं ३ नं प्रदेशका इञ्चार्ज अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा कमिटी बनेको हो ।

काभे्रपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्लास्तरीय नेतृत्व बन्न समय लाग्ने देखिएपछि जिल्ला पार्टी कार्यालयले पूर्व एमाले र माओवादी केन्द्रका पदाधिकारी रहेको जिल्ला कमिटी घोषणा गरेको छ ।

नेकपा स्थायी कमिटी सदस्य एवं ३ नं प्रदेशका इञ्चार्ज अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा कमिटी बनेको हो ।

बैठकले साविक एमालेका जिल्ला इञ्चार्ज ईश्वरी रिजाल, जिल्ला अध्यक्ष टोकबहादुर वाइबा, उपाध्यक्ष अशोक ब्याञ्जु, सचिव नारायण पाण्डे र उपसचिव इन्द्रबहादुर तामाङ तथा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज सूर्यमान दोङ, सहइञ्चार्ज तेजबहादुर मिजार, गङ्गाबहादुर दोङ, दीनानाथ गौतम र जिल्ला संयोजक रुकु चौलागाई रहेको कमिटीलाई दैनिक कार्य सञ्चालन गर्ने अधिकार दिएको छ ।

स्थानीयस्तरका पार्टी कार्यालय स्थापना र सञ्चालन गर्न उक्त कमिटीलाई निर्देशन दिने निर्णय भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?