बाढीबाट विद्युत् वितरण केन्द्रमा ४० लाखको क्षति, ५८ हजार ग्राहक प्रभावित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ६, २०७४
|
|
२३ पटक हेरिएको
Shares
बाढीबाट विद्युत् वितरण केन्द्रमा ४० लाखको क्षति, ५८ हजार ग्राहक प्रभावित

सारांश

  • सप्तरी, ६ भदौ ।
  • हालै आएको बाढीका कारण विद्युत् वितरण केन्द्र राजविराजमा करिब रु ४० लाख बराबरको क्षति भएको छ ।
  • वितरण केन्द्रका कार्यालय प्रमुख रामउदगार साहकाअनुसार छवटा विद्युत् ट्रान्सफर्मर पूर्णरुपमा जलेका, ७० वटा विद्युत् पोल ढल्नुका साथै विद्युत् तारमासमेत क्षति भएको थियो ।

सप्तरी, ६ भदौ । हालै आएको बाढीका कारण विद्युत् वितरण केन्द्र राजविराजमा करिब रु ४० लाख बराबरको क्षति भएको छ ।

वितरण केन्द्रका कार्यालय प्रमुख रामउदगार साहकाअनुसार छवटा विद्युत् ट्रान्सफर्मर पूर्णरुपमा जलेका, ७० वटा विद्युत् पोल ढल्नुका साथै विद्युत् तारमासमेत क्षति भएको थियो ।

विद्युत् विच्छेद हुँदा करिब ५८ हजार ग्राहक प्रभावित भएका थिए । ठाउँ ठाउँमा पोल र तार खस्दा तथा ट्रन्सफर्मरमा आगो लागेर क्षति हुँदा त्यसलाई पुनः व्यवस्थित गर्न वितरण केन्द्रलाई धौधौ परेको थियो । अहिले विभिन्न ठाउँमा विद्युत् मर्मत भइरहेको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?