श्रीया सुनार हत्याका अनुसन्धानकर्ता प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्की सम्मानित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २५, २०७५
|
|
३० पटक हेरिएको
Shares
श्रीया सुनार हत्याका अनुसन्धानकर्ता प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्की सम्मानित

सारांश

  • पोखरा २५,असोज।
  • जिल्ला प्रहरी कार्यालय कास्की बैदामका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्की सम्मानित भएका छन् ।
  • कार्यकालको छोटो अवधिमै आफ्नो क्षेत्रको शान्ति सुरक्षामा उल्लेख्य प्रगति हासिल गरेका कार्कीलाई ६३ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले सम्मान गरेको हो ।

पोखरा २५,असोज।जिल्ला प्रहरी कार्यालय कास्की बैदामका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्की सम्मानित भएका छन् ।कार्यकालको छोटो अवधिमै आफ्नो क्षेत्रको शान्ति सुरक्षामा उल्लेख्य प्रगति हासिल गरेका कार्कीलाई ६३ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले सम्मान गरेको हो ।

डिएसपी कार्कीलाई ‘उत्कृष्ट कार्यालय ब्यबस्थापन तथा अन्य तर्फ’ शीर्षकमा उत्कृष्ट ठहर्याइएको हो । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमान, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले कदरपत्र सहित सम्मान गरेका हुन् ।

प्रदेशकै राजधानी पोखरा, पोखराको पनि मुख्य क्षेत्र लेकसाईड । सोहि क्षेत्रको शान्ति सुरक्षाको जिम्मेवारी अहिले डिएसपी कार्कीको काँधमा छ । अन्य क्षेत्र भन्दा राति जागा हुने लेकसाईड क्षेत्रमा सबैभन्दा बढी अपराधिक क्रियाकलापको सम्भावना पनि छ । सो क्षेत्रमा शान्ति सुरक्षा अमन चयन कायम राख्न उनी दिनरात खटिरहेका छन् ।

बैदाम कार्यालयको नेतृत्व गरेको छोटो अवधिमै डिएसपी कार्कीले उल्लेख्य सफलता हात पारिसकेका छन् । हरेक घटनामा आफै अगाडि पुग्ने डिएसपी कार्कीको कामप्रतिको लगनशीलताको कदर गर्दै स्थानीय संघसंस्थाले सम्मान पनि गरिसकेका छन् । श्रीया सुनार हत्याका अभियुक्त सोहि दिन पक्राउ होस् वा फेवातालमा डुबेकाहरुको उद्धार वा शव निकाल्ने प्रयासमा होस् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?