राजधानी विराटनगर नै बनाउने नेकपा निर्णय
सारांश
- विराटनगर २०,बैशाख।
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर एक कमिटीले प्रदेशको स्थायी राजधानी विराटनगरलाई नै बनाउने निर्णय गरेको छ ।
- प्रदेश नम्बर एकको स्थायी कमिटिको आजको बैठकले राजधानी विराटनगरलाई नै बनाउने र केही संरचना भने इटहरी र गोठगाउँ मा राख्ने निर्णय गरेको प्रदेश इन्चार्ज भीम आचार्यले जानकारी दिएका छन् ।
विराटनगर २०,बैशाख। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर एक कमिटीले प्रदेशको स्थायी राजधानी विराटनगरलाई नै बनाउने निर्णय गरेको छ ।
प्रदेश नम्बर एकको स्थायी कमिटिको आजको बैठकले राजधानी विराटनगरलाई नै बनाउने र केही संरचना भने इटहरी र गोठगाउँ मा राख्ने निर्णय गरेको प्रदेश इन्चार्ज भीम आचार्यले जानकारी दिएका छन् । नामको विषयमा भने नेकपा बैठकले टुंगो लगाउन सकेन । दलहरुबीच सहमति नजुटेकाले प्रदेशसभाको बैठक २२ गतेलाई सारिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया