देजमोका उम्मेदवारहरुलाई जनताद्धारा भव्य स्वागत ,हेर्नुहोस् यसरी हल्लीयो गठवन्धनका किल्लाहरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १८, २०७४
|
|
३८ पटक हेरिएको
Shares
देजमोका उम्मेदवारहरुलाई जनताद्धारा भव्य स्वागत ,हेर्नुहोस् यसरी हल्लीयो गठवन्धनका किल्लाहरु

सारांश

  • राष्ट्रिय निर्वाचन २०७४, ३२ जिल्लामा केही छिटफुट घटना बाहेक सम्पन्न भईसकेको छ ।
  • अब यहि मंसीर २१ गते मध्य पहाडी, उपत्यका र तराईका ४५ वटा जिल्लामा दोस्रो चरणको निर्वाचन हुदैछ ।
  • अब केही दिन मात्र बाँकी छ मौन अवधी शुरु हुनलाई ।

राष्ट्रिय निर्वाचन २०७४, ३२ जिल्लामा केही छिटफुट घटना बाहेक सम्पन्न भईसकेको छ ।

अब यहि मंसीर २१ गते मध्य पहाडी, उपत्यका र तराईका ४५ वटा जिल्लामा दोस्रो चरणको निर्वाचन हुदैछ । अब केही दिन मात्र बाँकी छ मौन अवधी शुरु हुनलाई । सम्पूर्ण दलहरुले प्रचार प्रसारलाई तिव्रता दिई रहेको छ ।
बैद्य माओबादी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले पनि आफ्ना उम्मेदवारहरुलाई उठाएकाछन । देजमोले जनसरोकारका विषयहरुलाई चुनावि एजेण्डा बनाएकाछन । अन्य पार्टीहरुले जसरी बनावटी सपना बाँडेका छैन्न ।

अन्य पार्टीहरुको चुनाव प्रचार प्रसार तडक भडक देखेर, गुणडाहरु प्रयोग गरेर जसरी पनी जित्नु पर्छ भन्ने सोच गरेको देखेर जनताहरु वाक्क भएका छन । जनताले जन सरोकारका मुद्धाहरु लिएर घर दैलोमा देजमोका उम्मेदवारहरु आएकोमा भव्य स्वागत गरेका छन ।

अन्य पार्टीका ठूला नेताहरु आउँदा परैबाट हेर्नु पर्ने सुरक्षाको कारण देखाउँदै बोल्न पनि नपाउने, हाम्रो कुरा सुनाउनु नपाउँने उनिहरुको मात्र कुरा सुन्नु पर्ने, जनतालाई बच्चालाई ललिपप खुवाएको जस्तो आश्वसन मात्र दिने तर त्यस ठिक अपोजिट देजमोका उम्मेदवरहरु घर दैलोमा आई हाम्रा कुराहरु सुन्न, हामी संगै बस्ने र खाने अनि हाम्रो विषयमा, राष्ट्रको विषयमा कुरा गर्ने भएकोले देजमोका उम्मेदवारहरुलाई जनताले देशैभरी मनपराउन थालेका छन र भोट पनि मुठ्ठी चिन्हमा लगाउने भएकाछन ।

यसरी जनताहरुले देजमोका उम्मेदवारहरुलाई मनपराउन थाले पछि र भोट मुठ्ठीमा नै हाल्ने हल्ला चल्न थालेपछि प्रत्येक टोल टोलमा खुलेका गठवन्धनका सम्पर्क कार्यालयहरुमा हल्ला हुन थालेको छ । तिनिहरुको सातो जान थालेको छ । अब छलछामले काम नगर्ने भयो ।

भोज भतेर खुवाउदा पैसा दिदा पनि भोट नआउने भयो । जनताहरुले वास्ताविकता बुजे । नेताहरुले गर्दा हामीलाई समेत अप्ठेरो पर्यो  । अब के गर्ने भनेर निद हराम भएको छ । विस्तारै जनलहर देजमोका उम्मेदवारहरु प्रति आकर्षित भएका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?