सूचना तथा संचार राज्यमन्त्री गोकुल बास्कोटाको नेपाल टेलिभिजनलाई जथाभाबी नगर्न चेतावनी !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १५, २०७४
|
|
२४ पटक हेरिएको
Shares
सूचना तथा संचार राज्यमन्त्री गोकुल बास्कोटाको नेपाल टेलिभिजनलाई जथाभाबी नगर्न चेतावनी !

सारांश

  • काठमाडौं १५ चैत ।
  • नेपाल टेलिभिजनले २०७४ चैत १० गते शनिबार चक्रपथ सफाइका नाममा ग्रिनसिटी अस्पतालको प्रचार गर्ने गरी गरेको प्रत्यक्ष प्रसारण गम्भीर विवादमा परेको छ ।
  • संचार तथा सूचना प्रबिधि राज्यमन्त्री गोकुल बास्कोटाले पनि आइन्दा जथाभावी कुनै संस्था वा ब्यक्तिको चाहना वा प्रचारका लागि नेपाल टेलिभिजन जस्तो राष्ट्रको टेलिभिजनलाई दुरुपयोग नगर्न निर्देशन दिएका छन् ।

काठमाडौं १५ चैत । नेपाल टेलिभिजनले २०७४ चैत १० गते शनिबार चक्रपथ सफाइका नाममा ग्रिनसिटी अस्पतालको प्रचार गर्ने गरी गरेको प्रत्यक्ष प्रसारण गम्भीर विवादमा परेको छ । संचार तथा सूचना प्रबिधि राज्यमन्त्री गोकुल बास्कोटाले पनि आइन्दा जथाभावी कुनै संस्था वा ब्यक्तिको चाहना वा प्रचारका लागि नेपाल टेलिभिजन जस्तो राष्ट्रको टेलिभिजनलाई दुरुपयोग नगर्न निर्देशन दिएका छन् ।

मन्त्री भएपछि ब्रिफिङका लागि २०७४ चैत १४ गते दिउँसो नेपाल टेलिभिजन पुगेका बास्कोटाले ग्रिनसिटीका मालिक लोकवहादुर टण्डन समेतले आफूलाई फोन गरेको र प्रत्यक्ष प्रसारण रोक्न खोजेको भन्ने कुरा गरेको उल्लेख गर्दै नेपाल टेलिभिजन कसैको घरको सम्पत्ति नभएको र कस्तो कार्यक्रम प्रत्यक्ष प्रसारण गर्ने भन्ने कुरा बिषयबस्तुका आधारमा हुने स्पष्ट निर्देशन दिंदै सरकारी सम्पत्तिको जथाभावी दुरुपयोग नगर्न भनेका छन् । चक्रपथ सफाइमा जनसहभागिता नहुने प्रहरी, सेना , सशस्त्र प्रहरीको चरम दुरुपयोग हुने गरेको तर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण भएको बुझिएको छ । सफाइभन्दा बढी भाषण हुने गरेको, ग्रिनसिटी अस्पताल र अस्पतालका अध्यक्ष टण्डनको प्रचार गर्ने गरिएको स्वयं अस्पतालकै कर्मचारीहरुले बताउने गरेको खबर छ ।

२०७४ चैत १० गते शनिबारको कार्यक्रम बिषय बस्तुका हिसाबले प्रत्यक्ष प्रसारण गर्र्नै नपर्ने, तर टेलिभिजनका अध्यक्ष महेश दाहाल सहितको टोली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकोमा गएर ‘‘हजुर प्रचण्ड प्रमुख अतिथि भएर जाने भनेको कारण प्रत्यक्ष प्रसारण रोक्न खोजियो’’ भन्ने गलत ढंगले ब्याख्या गर्ने तहसम्मको काम पनि गरेर सरकारी सम्पत्तिको चरम दुरुपयोग गरिएको थियो ।  सफाइ कार्यक्रममा प्रचण्ड प्रमुख अतिथि, सरोकारवाला बातावरण मन्त्री जाने कुरा ठीकै हो तर चक्रपथ सफाई कार्यक्रमको संयोजक भनेर आफैले आफैलाई तोेकेका लोकबहादुर टण्डनले आफ्नो पहुँच सत्तामा देखाउनका लागि सफाइसंग असम्बन्धित गृहमन्त्री रामबहादुर थापा समेतलाई बोलाएर भोलिका दिनमा सोही कार्यक्रमका सुरक्षा निकायलाई दुरुपयोग गर्ने आधार बनाउन गरेको भन्ने कुरा टेलिभिजनकै कर्मचारीले मन्त्रालयमा जानकारी गराएको संचार मन्त्रालय स्रोतबाट थाहा भएको छ ।

चक्रपथ सफाइ कार्यक्रमको समाचार दिनुपर्छ, तर प्रचण्ड जाने भएको कारण प्रत्यक्ष प्रसारण नै स्थगित गर्न खोजियो भनी उनलाई भ्रममा पारेर अर्को बेइमानी टेलिभिजन र सफाइको नाममा प्रचार गर्ने शैली अपनाउनेहरुले गरेको टेलिभिजनकै प्रत्यक्ष प्रसारणसंग महाशाखा सम्बद्ध स्रोतले बताएको छ । प्रत्यक्ष प्रसारण महाशाखाले प्रत्यक्ष प्रसारण गर्ने बिषय नभएको कुरा स्पष्ट पार्दे प्रमुख अतिथिको प्रसंग त्यहा“ नजोडिएको बताएको छ । सम्मानित नेता प्रचण्डको नाम जोडेर आफ्नो स्वार्थपूर्ति गर्नेहरुबाट सजग रहनुपर्ने टेलिभिजनका कर्मचारीहरुको तर्क रहेको छ ।

टेलिभिजनमा बेथिती बढेको र अब आइन्दा बेथिती सह्य नहुने भन्दै १८ महिनाको तलब खाने काम चाहिं सबैले एक नाशले नगर्ने जुन खालको विकृति छ अब त्यसको अन्त्य हुनुपर्छ भन्दै मन्त्री बास्कोटाले ‘‘अब पुरानो सबन्ध भत्काएर नया“ सबन्धका आधारमा अगाडि बढाएर टेलिभिजनलाई साँच्चिकै प्रतिस्पर्धी बनाउनुपर्ने’’ कुरामा जोड दिएको मन्त्रीको निजी सचिवालयबाट थाहा भएको छ ।
‘‘कतिपय शाखामा ८ र ९ तहमा पुगेपछि काम नगरी खाने जुन प्रबृत्ति छ त्यो अन्त हुनुपर्छ अब काम नगरी राजनीति गरेर हल्लिने छुट कसैलाई पनि नभएको’’ जस्ता स्पष्ट निर्देशन बास्कोटाले दिएपछि ठगी खाने र राजनीति गरेर हिंड्नेहरुको ओठमुख सुक्न थालेको एक कर्मचारीले बताए ।

राज्य मन्त्री बा“स्कोटाले गहिरो ढंगले अध्ययन गरी टेलिभिजनमा ब्रिफिङ लिन गएको कारण धेरै कर्मचारीले अहिलेसम्म यति गहिरो गरी गृहकार्य गरी प्रस्तुत भएको र निर्देशन दिएको मन्त्री आएकै थिएनन् भन्नेसम्मको टिप्पणी निर्देशकहरुले समेत गरेका थिए । एक शाखा प्रमुखले बैठकपछि आफ्ना साथीहरुलाई बताएको भन्दै एक कर्मचारी भन्दै थिए–टेलिभिजन भित्रका विकृतिहरु हामीलाई भन्दा बढी मन्त्रीलाई पो थाहा रहेछ । अलिक कडा ढंगले प्रस्तुत भएपनि नभएको कुरा कुनै पनि थिएन । त्यसैले पनि अब बिगतमा जस्तो छाडा हुन नपाइने भो भनेर ठगेर खान पल्केकाहरु , राजनीति गरेर हिंड्नेहरुको ओठमुख सुक्न थालेको चर्चा छ । मन्त्रीले दिएको निर्देशन कार्यान्वयन मात्र हुने हो भने टेलिभिजन एक बर्षमै परिवर्तन हुने गरिखाने पत्रकार र कर्मचारीहरुको धारणा रहेको छ,साँघुन्यूजमा खबर छ ।

 

(https://www.sweetfixbaker.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?