दशैंतिहारमा चियापान कार्यक्रम आयोजना गर्न रोक

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
३१ पटक हेरिएको
Shares
दशैंतिहारमा चियापान कार्यक्रम आयोजना गर्न रोक

सारांश

  • ४ असोज, काठमाडौं ।
  • निर्वाचन आयोगले विजया दशमी, दीपावली तथा छठजस्ता चाडहरुमा चियापान कार्यक्रम गर्न रोक लगाएको छ ।
  • प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै आयोगले चियापान कार्यक्रम वा भोजभतेर गर्न रोक लगाएको हो ।

४ असोज, काठमाडौं । निर्वाचन आयोगले विजया दशमी, दीपावली तथा छठजस्ता चाडहरुमा चियापान कार्यक्रम गर्न रोक लगाएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै आयोगले चियापान कार्यक्रम वा भोजभतेर गर्न रोक लगाएको हो ।

चियापान समारोह तथा भोज भतेरले निकट भविष्यमा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन व्यवधान उत्पन्न गर्न सक्ने निर्वाचन आयोगको ठहर छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सार्वजनिक रूपमा सार्वजनिक स्थानमा यस प्रकारका चियापान समारोह तथा भोज भतेर आयोजना नगरी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न/गराउन सम्बन्धित सबैलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।

आयोगले राजनीतिक दल, सबै प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीहरूलाई यस निर्णयबारे जानकारी गराएको छ ।

बिभिन्न राजनीतिक दलहरुले दशैं, तिहार, छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दै आएका छन् । नेपाली कांग्रेसले हालै तीन सय वटै प्रादेशिक निर्वाचन क्षेत्रमा चियापान आयोजना गर्ने निर्णय गरेको छ । एमाले, माओवादी केन्द्र लगायत दलहरुले भने चियापान कार्यक्रमको मिति सार्वजनिक गरेका छैनन् ।

(https://www.bricks4kidz.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनहुँ–१ का कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन
तनहुँ–१ का कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन
कोरोना अपडेटः बिहिवार १२२८ जना थपिए
कोरोना अपडेटः बिहिवार १२२८ जना थपिए
मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती
मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती
टिपरले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते
टिपरले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते
रवि लामिछाने गृहमन्त्री हुँदा गरेको निर्णय सरकारले गर्‍यो खारेज
रवि लामिछाने गृहमन्त्री हुँदा गरेको निर्णय सरकारले गर्‍यो खारेज
कहिले हुन्छ मन्त्रिपरिषद् पुनर्गठन ?
कहिले हुन्छ मन्त्रिपरिषद् पुनर्गठन ?
मानवअधिकार टोलीसँग रविको गुनासो-‘अपहरण शैलीमा ल्याइयो’
मानवअधिकार टोलीसँग रविको गुनासो-‘अपहरण शैलीमा ल्याइयो’
प्रचण्ड आफैंले दिए छोरा प्रकाशलाई दागवती ।
प्रचण्ड आफैंले दिए छोरा प्रकाशलाई दागवती ।
सरकार निर्माण र पार्टी एकतामध्ये कुन पहिला भन्न सकिने अवस्था छैन : रावल
सरकार निर्माण र पार्टी एकतामध्ये कुन पहिला भन्न सकिने अवस्था छैन : रावल
सुरु भयो माअोवादी कांग्रेशको खिचातानि कांग्रेसले राखेको  प्रस्ताव माओवादीद्वारा ठाडै अस्वीकार !
सुरु भयो माअोवादी कांग्रेशको खिचातानि कांग्रेसले राखेको प्रस्ताव माओवादीद्वारा ठाडै अस्वीकार !

तपाईंले छुटाउनुभयो कि?