प्रदेश नं १ लाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाइने मुख्यमन्त्री राईकाे भनाइ !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २६, २०७५
|
|
२० पटक हेरिएको
Shares
प्रदेश नं १ लाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाइने मुख्यमन्त्री राईकाे भनाइ !

सारांश

  • विराटनगर, २६ असोज ।
  • प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताउनुभएको छ ।
  • प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालय कार्यालयको सुनसरीको इटहरी–४ हलगाँडामा नव स्थापित कार्यालयको आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभयो ।

विराटनगर, २६ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताउनुभएको छ । प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालय कार्यालयको सुनसरीको इटहरी–४ हलगाँडामा नव स्थापित कार्यालयको आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभयो । मुख्यमन्त्री राईले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत रकम प्रदेशको पूर्वाधार निर्माणमा खर्च गर्ने जानकारी दिँदै फराकिलो र गुणस्तर सडक, मोटर चल्ने र झोलुङ्गे पुल निर्माण गरी जनताको सेवा सुविधामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रदेशलाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त बनाउन सबैको सहयोग आवश्यक रहेको बताउँदै प्रदेश सरकारको बजेट र नीति तथा कार्यक्रमअनुसार निर्देशनालयले जनतालाई केन्द्रविन्दुमा राखी कार्य गर्न निर्देशन दिनुभयो । मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा संविधानको मर्मअनुसार आगामी हिउँदे अधिवेशनबाट निर्णय गरिने जानकारी दिनुभयो । निर्देशनालय उद्घाटनका अवसरमा प्रदेशसभाका सदस्य सर्वध्वज साँवा र कार्यालयका निमित्त प्रमुख राजेशप्रसाद घिमिरेले सङ्घीयताबाट जनताले आफ्नै घरदैलो सेवाप्राप्त गर्न सकेकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रदेशका मुख्य सचिव केदार न्यौपानले धुले, हिले र असारे विकासबाट प्रदेश सरकारमुक्त नहुने बताउनुभयो । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरी र प्रदेश यातायात पूर्वाधार भौतिक मन्त्रालयका सचिव सागर राईले प्रदेशको २५० र सङ्घीय एक हजार योजनामा तयार भई प्रदेशभित्र निर्माण कार्य शुरु हुने जानकारी दिनुभयो । नव स्थापित निर्देशनालयले प्रदेशका १४ जिल्लामा सडक, मोटर सञ्चालन हुने पक्की पुल र झोलुङ्गे पुल निर्माणका लागि योजना स्वीकृत, बजेट निकासा, अनुगमन, निरीक्षण र नियमन आदि कार्य गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी हुने रैछ त्रिविकाे निकायमा अनियमितता ! ७२ करोड पेश्की फछ्र्यौट बाँकी
यसरी हुने रैछ त्रिविकाे निकायमा अनियमितता ! ७२ करोड पेश्की फछ्र्यौट बाँकी
ठूला पूर्वाधारमा राज्यले नै लगानी गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई
ठूला पूर्वाधारमा राज्यले नै लगानी गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई
दुई पुरुषबीचको यौनसम्बन्ध प्रहरीलाई टाउको दुखाई
दुई पुरुषबीचको यौनसम्बन्ध प्रहरीलाई टाउको दुखाई
पुर्व उर्जा मन्त्रीकाे नारा पछाडि याे वाक्य थपे अहिलेका उर्जा मन्त्रीले !
चर्चित गायक शिव परियार मोटरसाइकल दुर्घटनामा घाइते !!! कसरी भयो दुरघट्ना (भिडियो सहित)
चर्चित गायक शिव परियार मोटरसाइकल दुर्घटनामा घाइते !!! कसरी भयो दुरघट्ना (भिडियो सहित)
नेतृत्व र व्यक्तित्व विकासका लागि रजनी फाउन्डेसनको यस्तो प्रयास
नेतृत्व र व्यक्तित्व विकासका लागि रजनी फाउन्डेसनको यस्तो प्रयास
तराई धेरै स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
तराई धेरै स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
काठमाडौं क्षेत्र नम्बर ७ का जनतालाई हिरो बनाउने यस्तो छ रामविरको चुनावि एजेण्डा !
काठमाडौं क्षेत्र नम्बर ७ का जनतालाई हिरो बनाउने यस्तो छ रामविरको चुनावि एजेण्डा !
यी हुन् अपराध अनुसन्धान महाशाखाका प्रमुख र इन्काउन्टरहरू
गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान
गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान

तपाईंले छुटाउनुभयो कि?